त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले राख्यो नयाँ रेकर्ड

tribhuwan_international_airport९ वैशाख, काठमाडौं । देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकारण विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार विमानस्थलले एकै दिन चार सय ७४ वटा प्रस्थान तथा आगनमको फ्लाइट गर्दै नयाँ रेकर्ड कायम गरेको हो ।

सामान्य अवस्थामा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ दैनिक तीन सय ४० देखि तीन सय ५० सम्म फ्लाइट हुने गरेकोमा अप्रिल १७ अर्थात वैशाख ४ गते चार सय ७४ वटा भएको उहाँ बताउनुहुन्छ । वैशाख चार गते आन्तरिकतर्फ तीन सय ८० र अन्तर्राष्ट्रियतर्फ ९४ वटा फ्लाइट भएको थियो । अहिले जहाज आकाशमै होल्ड हुने अवस्था पनि बढेको सेवाग्राहीबाट गुनासो आउने गरेको उहाँ बताउनुहुन्छ । आन्तरिक तथा बाह्य दुवैतर्फका हवाई यात्रुको संख्या बढ्नाले फ्लाइट बढ्न गएको विमानस्थल कार्यालयका प्रवक्ता ठाकुर बताउनुहुन्छ ।

देशमा सडकको अवस्था नाजुक हुँदै जानु, विराटनगर विमानस्थलको मर्मत, हिमाल आरोहणका लागि आउने पर्यटकको संख्या वृद्धिले उडान तालिका बढेको हो । तालिकाकै कारण विमानस्थलका कर्मचारीले व्यवस्थापन मिल्लाउन नसक्ने अवस्था आइसकेको उहाँ बताउनुहुन्छ । अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा खवर छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी