ती हतियार जसमाथि उत्तर कोरिया गर्व गर्छ

उत्तर कोरिया भिन्न र एक गरिब देश हो तर सैन्य ताकतमा कमजोर छैन । उत्तर कोरियाली नेताको एउटा उद्देश्य देखिन्छ, त्यो हो आफ्नो अस्तित्व बचाउने ।

यसका लागि उक्त देशले परमाणु र मिसाइल कार्यक्रममा ठूलो लगानी गरेको छ । बीबीसी संवाददाता जोनाथन मार्कसका अनुसार यो उत्तर कोरियाका लागि जीवन बिमा जस्तो हो ।

जोनाथन मार्कसका अनुसार परमाणु हतियारको प्रयोग उत्तर कोरियाकै लागि विनाशकारी साबित हुनेछ किनभने परमाणु हमलापछि हुने युद्धमा उत्तर कोरिया बच्न मुश्किल हुनेछ ।

तर उत्तर कोरिया आफ्नो परमाणु शक्तिका कारण मात्र यस्तो कडा रवैया देखाइरहेको छैन । उत्तर कोरियाको सेना संसारको सबैभन्दा ठूलो सेनामध्येको एक हो र पारम्परिक र गैर पारम्परिक सामरिक हतियारको भण्डार पनि उत्तर कोरियाको ताकत हो ।

र इतिहासको अध्ययन गर्ने हो भने प्योंगयांग आफ्नो शक्ति प्रयोग गर्न पनि हिच्किचाउँदैन ।

सन् २०१० को मार्चमा उत्तर कोरियाले दक्षिण कोरियाको सानो लडाकू जहाजलाई डुबाइदिएको बताइन्छ । त्यसै वर्ष उत्तर कोरियाले दक्षिण कोरियाको एक द्वीपमा बमबारीसमेत गरेको थियो ।

त्यसकारण उत्तर कोरियाले हमला नगर्ला भन्न सकिन्नँ र उक्त हमलाको सबैभन्दा बढि चिन्ता छिमेकी देश दक्षिण कोरियालाई हुन्छ ।

उत्तर कोरियासँग संसारको सबैभन्दा ठूलो सेनामध्येको एक फौज छ ।

यसमा ११ लाख कर्मचारी छन् जो उत्तर कोरियाको जनसंख्याको पाँच प्रतिशत हिस्सा हो ।
साथै ७० लाख अतिरिक्तकर्मी छन् जसमा रेड वर्कर्स, पेजन्ट गार्डस्, रेड युथ गार्डस्, मिलिट्रि ट्रेनिङ रिजर्भ यूनिट र अतिरिक्त दल रहेका छन् ।
एन्थनी एच कोर्डस्म्यानले ‘द मिलिट्रि ब्यालेन्स इन कोरिया’ मा लेखिएको एक लेखमा भनेका थिए कि धेरैजसो सैनिकको अत्यधिक संख्याबल भएको सेना हार्ने पक्षमा हुन्छन् । विशेषज्ञका अनुसार उत्तर कोरियाको हतियार र प्रविधि निकै पुरानो भइसकेको छ । लण्डन आधारित इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्रेटेजिक स्टडिजका शोधकर्ता जोसेफका अनुसार उत्तर कोरिया हतियारको आधुनिकीकरणभन्दा त्यसको संख्यामा निर्भर छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार उत्तर कोरिया आफ्नो सम्पूर्ण घरेलु उत्पादन (जीडीपी) को १५ देखि २४ प्रतिशत हिस्सा रक्षा बजेटमा खर्च गर्दछ । अर्थात् उत्तर कोरिया सेनामाथि ३ हजार ७ सय देखि ८ हजार १ सय अमेरिकी डलरबिच खर्च गर्ने गर्दछ ।

कहाँ खर्च हुन्छ यति धेरै रकम ?

जोसेफका अनुसार उत्तर कोरियाली सेनाबारे सटिक अन्दाज लगाउन मुश्किल छ किनभने दक्षिण कोरियाको राष्ट्रिय रक्षा मन्त्रालयको पत्रिका अनुसार सन् २०१६ को आँकडा अनुसार उत्तर कोरियासँग यी हतियार छन्ः

करिब ४ हजार ३ सय ट्याङ्क

२ हजार ३ सय हतियारधारी गाडी

८हजार ६ सय बन्दुक

५ हजार ५ सय मल्टिपल रकेट लञ्चर

१० मल्टिपल ३ सय एमएम रकेट लञ्चर

दक्षिण कोरियाको श्वेत पत्रका अनुसार उत्तर कोरियासँग उसको दुबै तटमा एक–एक फ्लीट कमान्डर छन् । १३ नेवल स्क्वाड्रन र दुई मेरिटाइम स्नाई ब्रिगेड छन् ।

यसका साथै दक्षिण कोरियाको अनुमान अनुसार उत्तरसँगः

४ सय ३० सरफेस भेसल

२ सय ५० जहाज

२० ड्र्यागामाइन

४० सहायक डुङ्गा

७० पनडुब्बी

साथै १ हजार ६ सय ३० हवाईजहाज छन् जुन उत्तर कोरियाले चार भिन्न–भिन्न जहाजमा तैनाथ गरेको छ ।

दक्षिण कोरियाली सरकार दाबी गर्दै भन्छ, ‘केही समय अघि अतिरिक्त अड्डामा जहाज तैनाथ गरेर उत्तर कोरियाले न्यूनतम तयारीमा हमलाको क्षमता हाँसिल गरेको छ ।’

कोरियाली प्रायद्वीपको निगरानीका लागि रडारका साथै थुप्रै वायु रक्षा युनिट छन् ।

करिब ८ सय १० लडाकू हवाईजहाज

३० निगरानी र नियन्त्रण गर्ने हवाईजहाज

३ सय ३० मालवाहक हवाईजहाज

१ सय ७० ट्रेनिङ हवाईजहाज

२ सय ९० हेलिकोप्टर

तर जोसेफ डेन्पसेका अनुसार उत्तर कोरियाका धेरैजसो जहाज दुई दशकभन्दा पुराना छन् ।

सामरिक हतियारः

उत्तर कोरियाका शासक किम जोंग–उनको कोसिस अब लामो दुरीको भरोसायुक्त मिसाइल र अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल बनाउनेसम्म केन्द्रित छ ।

यसका लागि पैसा, समय र मेहनत खर्च गर्ने उद्देश्य सिर्फ परमाणु हतियार प्रयोग गर्ने क्षमता हाँसिल गर्नु हो ।

उत्तर कोरियाको परमाणुक कार्यक्रमबारे स्पष्ट धारणा छैन तर जानकारीका अनुसार प्योंगयांगसँग थुप्रै कम दुरी वा लामो दुरीको मिसाइल छन् जुन या त तयार छन् वा उनीहरुको परिक्षण गरिएको छ ।

यिनैमध्ये ह्वांगसोंग र नोदोंग समावेश छन् । सन् २०१६ मा गरिएको एक विश्लेषणमा दक्षिण कोरिया र जापानलाई निशाना बनाउनका लागि उनीहरुसँग एक तन्त्र भएको बताइएको छ ।

जोनाथन मार्कसका अनुसार उत्तर कोरियासँग थुप्रै रासायनिक हतियार पनि छन् । यसमा मस्टर्ड ग्याँस क्लोरिन, सारिन र अन्य नर्भ एजेन्ट छन् ।

साथै, उत्तर कोरियासँग जैविक हतियार पनि भएको बताइन्छ । यद्यपी, सन् १९८७ मा उत्तर कोरियाले जैविक हतियार सन्धीमा हस्ताक्षर गरेको थियो । उक्त सन्धी अनुसार जैविक हतियार बनाउन र राख्न प्रतिबन्ध छ ।

अमेरिका आधारित काउन्सिल अफ फरेन रिलेसन्सको वेबसाइटमा प्रकाशित लेखमा भनिए अनुसार साइबर हमलाको क्षमता पनि उत्तर कोरियासँग छ । यसमा चीन र पूर्व यूएसएसआरको मद्दतको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी