तीन दलको वैठकमा कसले के भने ?

काठमाडौँ – राजपाले मधेसमा आन्दोलन चर्काएपछि मंगलबार साँझ सत्तारुढ घटकका तीन दल (कांग्रेस, माओवादी र फोरम लोकतान्त्रिक) र प्रमुख प्रतिपक्षी एमालेबीच बैठक बसेको थियो । आजको नयाँ पत्रिकामा यो खबर छ ।

राजपासँग एकपटक छलफल गरौँ
‘राजपाले निर्वाचनविरोधी गतिविधि बढाएको छ । अप्ठ्यारा देखिएका छन् । आजै गृहमन्त्रीले सुरक्षा अवस्थाका विषयमा निर्वाचन आयोगमा जानकारी पनि गराउनुभएको छ । तर, अझै कसैलाई पनि प्रक्रियाबाट बाहिर जान नदिन हामीले छलफल गर्न सक्छौँ कि ? एकपटक राजपासहित छलफल गरौँ कि ?’ 
-शेरबहादुर देउवा, प्रधानमन्त्री

सबै आउँछन् भने हामी लचक बनौँ
‘निर्वाचन हामीले गर्नैपर्ने छ । निर्वाचनमा सबै पक्षलाई सहभागी गराउने विषयमा पनि छलफल गरौँ । सबै पक्ष सहभागी हुन्छन् भने अझै वातावरण बनाऔँ । मनोनयनपत्र दर्ता गर्ने पर्सि (बिहीबार)को दिनभन्दा अगाडि बुधबार नै गम्भीर छलफल गरौँ । कसरी हुन्छ हामी सबैले लचकता अपनाउनैपर्छ ।’
-प्रचण्ड, माओवादी अध्यक्ष

त्तापक्ष निर्वाचनबाट भाग्न बहाना खोज्दै छ : ओली
निर्वाचन कसरी शान्तिपूर्ण ढंगले सफल बनाउने, मतपत्र च्यातिनबाट कसरी जोगाउने भन्नेजस्ता विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाउनुभएको होला भनेर हामी आएका थियौँ । तर, यहा“ त सत्तापक्षले केही भन्न खोज्ने, तर भन्न नसक्ने अवस्था देखियो । अलिक अप्ठ्यारोजस्तो गरी केही भन्न खोज्ने, तर ठ्याक्कै अडिने अवस्था देखियो । सत्तापक्ष निर्वाचन सार्नेतिर जान खोजेको हो कि नगराउनतिर लागेको हो भन्ने थाहा भएन । केही बहाना खोज्दै हुनुहुन्छ कि ? सत्तापक्ष १४ असारको निर्वाचनबट भाग्न खोजेको हो कि जस्तो देखिएको छ ।

 हामी १४ असारमै दोस्रो चरणको निर्वाचन हुनुपर्छ भन्नेमा छौँ । पटक–पटक मिति सार्दै यो मितिमा ल्याइएको छ । अब हामीसँग समय थोरै छ, यसपछि पनि संघ र प्रदेशको निर्वाचन गर्नुपर्ने छ । तर, सरकार गम्भीर देखिँदैन, परिस्थिति एकदम साँघुरिएर आएको छ ।

 संविधान संशोधन गोलमोटेल भाषामा हुँदैन । उहाँहरूले के प्रस्ताव ल्याउनुभयो, के–कसरी छलफल गर्नुभयो, त्यो बेग्लै कुरा हो । हामी संविधान संशोधन हुनै सक्दैन भन्दैनौँ । संविधान संशोधन हुन सक्छ । यस विषयमा हामी खुला छौँ । तर, अहिले मनोनयनका लागि २ असारको मिति तोकिएको छ । त्यस्तो वेलामा संविधान संशोधन चुनावअगाडि नै भन्ने सम्भावना छैन । अहिले संख्या, सिमाना आदि–इत्यादि कसरी हुन सक्छ ? निर्वाचनको बीचमा । अब सरकार पक्षले यसलाई कुनै राजनीतिक लाभका लागि प्रयोग गर्न खोजेको छ भने यो उचित हुँदैन । राजपालाई भन्छु, उहाँहरूलाई सत्तापक्षले खेलाउने, उपयोग गर्ने र आफ्ना निम्ति धकेल्न खोजेको छ भने त्यो उचित होइन । निर्वाचनपछि छलफल गरेर आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी