तीन जिल्ला जोड्ने तीनमुखे पुल

रिडी धाममा बन्दै छ स्याङ्जा, गुल्मी र पाल्पा जोड्ने तीनमुखे पुल

काठमाडौँ, चैत ३० गते । सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरेसँगै अहिले विशेष प्रकारको पुल निर्माण गर्न थालेको छ । भौगोलिक विकटता रहेका स्थानमा आवागमन सहज पार्दै धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महìव राख्ने गरी सरकारले विशेष पुल निर्माण गर्न थालेको हो । त्यसलाई सरकारले विशिष्टीकृत पुलको नामकरण गरेको छ । त्यस्ता पुल पर्यटकीय पूर्वाधारका लागि समेत उपयोगी हुनेछन् ।
स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले भौगोलिक विकटता रहेको क्षेत्रमा दैनिक कठिन यात्रा गर्दै गुजारा चलाउन बाध्य भएका नागरिकलाई आवागमनमा सहज पार्दै धार्मिक र पर्यटकीय दृष्टिले समेत महìव राख्ने गरी सरकारले विशिष्टीकृत पुल निर्माण गर्न लागेको बताउनुभयो ।
उहाँका अनुसार स्याङ्जा, गुल्मी र पाल्पा गरी तीन जिल्लालाई एउटै झोलुङ्गे पुलले जोड्ने उद्देश्यले रिडी धाममा तीनमुखे पुल बन्दै छ । यस आर्थिक वर्षभित्रै उक्त पुल निर्माण गरिसक्ने गरी स्थानीय पूर्वाधार विभागले काम धमाधम अगाडि बढाइरहेको छ ।
चितवनको माडीमा रहेकोे त्रिवेणीधाम वाल्मीकि आश्रममा नेपालकै भूभाग हुँदै जान सकिने गरी झोलुङ्गे पुल निर्माण भइरहेको छ । ४८२ मिटर लामो झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छ । सो क्षेत्रमा झोलुङ्गे पुलको अभावमा वाल्मीकि आश्रममा जान भारतको बाटो हुँदै जानुपर्ने अवस्था थियो ।
“नेपालको धाममा नेपालकै बाटो हुँदै जान सकिने गरी सरकारले झोलुङ्गे पुल निर्माण गर्न लागेको हो”, विभागका महानिर्देशक मरहठ्ठाले भन्नुभयो, “सरकारले अहिले निर्माण गर्न लागेका पुल आवागमनमा सहज गर्नुका साथै धार्मिक र पर्यटकीय दृष्टिले समेत महìव राख्ने गरी निर्माण गरिरहेको छ ।” अहिले उक्त पुलको मेसिनरी र संरचनाको काम सकिएर टावर जोड्ने काम भइरहेको छ । यस आर्थिक वर्षभित्रमै पुल निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको विभागले जनाएको छ ।
त्यस्तै नारायणी नदीपारि सुस्तामा नेपालकै सबैभन्दा लामो एक हजार ५७१ मिटर लामो झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छ । अहिले उक्त क्षेत्रमा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ । आगामी वर्षको फागुनभित्र सम्पन्न गर्ने गरी निर्माण व्यवसायीले काम गरिरहेका छन् । सो क्षेत्रमा पुलको अभावमा डुङ्गा चढेर आवतजावत गर्नुपर्ने अवस्था थियो । झोलुङ्गे पुल निर्माण भएपछि डुङ्गा चढेर आवतजावत गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।
विभागका उपमहानिर्देशक अशोककुमार शाहले अब सरकारले निर्माण गर्ने पुल आवागमनका लागि मात्र नभई पर्यटकीय दृष्टिले समेत प्रभावकारी हुने गरी निर्माण गर्न लागेको बताउनुभयो । उहाँका अनुसार पहिला ओल्लो डाँडाबाट पल्लो डाँडामा जान र नदी तर्न मात्र पुल निर्माण गर्ने गरिए पनि अहिले निर्माण भएका पुलले आवागमनका साथै पर्यटकीय दृष्टिले समेत महìव राख्ने गरी पुल निर्माण भइरहेका छन् ।
देशका विभिन्न स्थानमा गरी औसत रूपमा दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण गरिरहेको र चालू आर्थिक वर्षमा सरकारले छ सयवटा झोलुङ्गे पुल निर्माण गर्ने गरी काम गरिरहेको विभागले जनाएको छ । छ सयवटा झोलुङ्गे पुल निर्माण गर्नुपर्ने सङ्घीय सरकारले ९० वटा, प्रदेश सरकारले १६ वटा र स्थानीय तहले ४९४ वटा पुल निर्माण गर्नुपर्नेछ । सोहीअनुसार अहिलेसम्म करिब ३०० वटा पुल निर्माण भइसकेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल