कांग्रेस नेतृत्वको सुस्त कार्यशैली र गुटबन्दीका कारण पार्टी संगठन कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै राष्ट्रिय राजनीतिमा क्रियाशील कोइराला परिवारका तीन नेताले बुधबार एकै स्वरमा पार्टी संगठन एक बनाउने अभियान सुरु गर्ने उद्घोष गरेका छन् । कांग्रेस महामन्त्री सशांक कोइराला निवास टोखामा उनीसहित केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालाबीच भएको भेटघाटमा यस्तो उद्घोष गरिएको हो ।
वीपी पुत्र संशाक, नोना पुत्र शेखर र गिरिजाप्रसाद पुत्री सुजाताबीच वैचारिक रुपमा एक रहेको सन्देश दिनसमेत यस्तो भेटघाट गरिएको केन्द्रीय सदस्य शेखर कोइरालाले बताए । ‘पार्टी एक बनाउने र कोइराला परिवार एक छन् भन्ने सन्देश दिन पनि यो पारिवारिक भेटघाट गरिएको हो,’ शेखरले भने, ‘गुटभित्र अर्को गुट जन्माउने योजना पटक्कै होइन ।’
पार्टी संगठन चलायमान हुन नसकेको भन्दै पार्टीमा जस्तै सरकारमा पनि प्रधानमन्त्री शेरवहादुर देउवाको शैली सुस्त रहेको निष्कर्ष उनीहरुले निकालेका थिए । नेतृत्वको काम गर्ने शैलीमा परिवर्तन नआउँदा पार्टी संगठनलाई कमजोर बनाउने भन्दै शेखर र सुजाताले पार्टी नेतृत्वमा रहेका देउवालाई झकझकाउन महामन्त्री सशांक कोइरालाको ध्यानाकर्षण गराएका थिए ।शेखरले असोज २ मा हुने प्रदेश नम्वर २ को चुनावमा कोइराला परिवारका तीन सदस्य नै अगल/अलग ठाउँमा खटिएर पार्टीका उम्मेदवारलाई जिताउन लाग्ने बताए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।