तिलाठी शोकमा , परिवारका ४ जना गुमाएका ८० बर्षे बृद्ध सोधिरहेछन् छोराले फोन गर्यो ?

कात्तिक १२ : छठको अर्घ समाप्तिपछि काठमाडौं जान हतारिएका सन्जितकुमार झा शुक्रबार दिउँसो नै विधुतीय रिक्सा चढेर राजविराज गए ।

निस्कने बेलामा सबै मान्यजनको खुट्टा ढोग्दै आर्शिवाद लिए र समय मिलाएर आउने बाचा पनि गरे । तर शनिबार बिहान धादिङको त्रिशुलीमा बस दुर्घटनामा परेपछि उनीसहित परिवारका ४ सदस्यको निधन भयो ।

दुर्घटनामा ३५ बर्षीय सन्जित, उनका कान्छा भाई ३० बर्षीय अन्जित, सन्जितकी श्रीमती सिम्मी र सिन्जतका जेठा छोरा ८ बर्षीय अभिनवको निधन भएको छ । सिन्जताका कान्छा छोरा ८ बर्षीय प्रतीक बेपत्ता छन् ।

८० बर्षीय बुद्ध पिता पण्डित रमानाथलाई उनीहरुको निधन भएको जानकारी दिएको छैन । रमानाथ छोरा बुहारी काठमाडौं पुगेको फोन आउला भनेर कुरेर बसेका छन् । 

तिलाठीका वाडाध्यक्ष दिनेश मिश्रले भने, पण्डितजीको बुढेसकालको लौरो खोसियो, दैव बडो निष्ठुरी हुँदो रैछ । यो खबर आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण