तिलाठीको बल्झिरहने घाउ

saptari-flood-1_GKfAKvxW7Z

असार ३० , सप्तरी – वर्षा लाग्नासाथ तिलाठीवासीको निद्रा खोसिन्छ । सप्तरीमा टन्टलापुर घाम लागे पनि तिलाठी नदीको मुहान चुरे क्षेत्रमा वर्षा हुँदा बाढीको भय हुने गर्छ । तिलाठी क्षेत्र हरेक वर्ष डुबानमा पर्दै आएको छ । बाढीबाट बर्सेनि ठूलो क्षति हुन्छ । 

सरकारले केही राहत दिने घोषणा पनि गर्छ तर स्थायी समाधान कहिल्यै हुँदैन । थोरै-थोरै राहतभन्दा स्थायी रूपमै बाढी रोक्ने उपाय गरिदिन तिलाठीवासीले सरकारसँग माग गरेका छन् । ‘औषधोपचार र खानेकुरा किन्न दैनिक बजार निस्कनुपर्छ’, स्थानीय सीतादेवी यादवले भन्नुभयो, ‘बाढी आएका बेला कसरी जानु ? ‘

अर्का स्थानीय विनोदकुमार यादवले यो समस्या वर्षौं पहिलेदेखि रहेको भन्दै सरकारले वास्ता नगरेको गुनासो गर्नुभयो । ‘अब यसको स्थायी समाधान चाहियो’, उहाँले भन्नुभयो ।तिलाठी डुब्नुको एउटै कारण हो, खाँडो नदी । भारतीय पक्षले बहाव रोक्ने प्रयास गरेपछि यो नदी नेपाली भूमि हुँदै दक्षिण भेगतिर बग्छ ।

भारतीय पक्षले बाँध बाँधेर खाँडोको पुरानो बहाव परिवर्तन गरेपछि तिलाठी डुब्न थालेको हो । यसको स्थायी समाधानका लागि दुई देश ९भारत र नेपाल० बीच तिलाठीलाई भलुवाही खोलामा खसालेर बहाव नियन्त्रण गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने