ताप्लेजुङमा भट्टराई र दाहालको प्रतिस्पर्धा

Yogesh-bhattaraiताप्लेजुङ, १८ कात्तिक । मंसिर १० गते हुने संघ र प्रदेशको निर्वाचनमा ताप्लेजुङमा मुख्य प्रतिस्पर्धा वाम गठबन्धन र नेपाली कांग्रेसबीच हुने देखिएको छ। एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभामा ८ र दुई निर्वाचन क्षेत्र रहेको प्रदेश सभामा १५ जना उम्मेदवार चुनावी मैदानमा रहे पनि चर्चामा एमाले-माओवादी र कांग्रेसका उम्मेदवार छन्। प्रतिनिधिसभामा एमाले सचिव योगेश भट्टराई र कांग्रेस पूर्व जिल्ला सभापती केशवप्रसाद दाहालबीचको प्रतिस्पर्धा रोचक बनेको छ।

भट्टराई २०६४ र २०७० को संविधानसभा चुनावमा काठमाडौबाट पराजित भएपछि ताप्लेजुङ आएका हुन् भने दाहाल असारमा भएको स्थानीय तहको चुनावमा फुङलिङ नगरपालिकाको मेयरमा पराजित भएका थिए। यी दुवैलाई जितका लागि पछिल्लो चार वर्षमा थपिएका नयाँ मतदाता निर्णायक देखिएका छन्।

७८ हजार ३ सय ९७ मतदाता रहेको ताप्लेजुङमा गएको स्थानीय तहको चुनावपछि सात हजार ६ सय १८ जना मतदाता थपिएका छन्। २०७० सालको संविधानसभा निर्वाचन भन्दा १९ हजार ५ सय ८८ मतदाता थपिएका छन्।

२०७० सालको संविधान सभाको निर्वाचनमा क्षेत्र १ मा ३२ हजार ९ सय ५० मतदाता रहेको यहाँको क्षेत्र २ मा २५ हजार ८ सय ५९ मतदाता थिए। अहिले यी क्षेत्रको मतदाता संख्या क्रमश ४३ हजार ५३६ र ३४ हजार ८६१ पुगेको छ।

२०७० मा संसदीय क्षेत्र रहेका २ स्थान अहिले प्रदेश सभाका लागि संसदीय क्षेत्र कायम भएका छन्। यसरी हेर्दा क्षेत्र१ मा २०७० साल भन्दा अहिलेको निर्वाचनका लागि १० हजार ५८६ जना तथा क्षेत्र २ मा ९ हजार २ जना मतदाता थपिएका छन्।

२०७० सालको संविधान सभाको निर्वाचनमा दुबै क्षेत्रमा विजयी एमालेले क्षेत्र १ मा ७ हजार ४३४ र क्षेत्र नं २ मा ७ हजार ३४ मत गरी कुल १४ हजार ४६८ मत पाएको थियो। दुबै क्षेत्रमा निकटतम् प्रतिद्वन्द्वी रहको कांग्रेसले क्षेत्र १ मा ७ हजार २९५ तथा क्षेत्र २ मा ४ हजार ८७४ मत गरी १२ हजार १६९ मत पाएको थियो ।

त्यसबेलाको निर्वाचनमा दुबै क्षेत्रमा तेस्रो प्रतिस्पर्धी रहेको माओवादी केन्द्रले क्षेत्र १ मा ६ हजार २७९ र क्षेत्र २ मा ४ हजार ५५७ मत गरी कुल १० हजार ८३६ मत पाएको थियो। गएको स्थानीय तहको निर्वाचनमा नगरपालिकासहित ४ वटा स्थानीय तहमा कांग्रेस र माओवादी, एउटामा कांग्रेस र राप्रपा, एउटामा एमाले र संघीय लिम्बूवान मञ्च तथा एउटामा माओवादी केन्द्र र लिम्बूवान मञ्चबीच चुनावी तालमेल भएको थियो। असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरपालिकासहितका ५ स्थानीय तहको प्रमुख पद र ५ उपप्रमुखमा एमाले विजयी बनेको थियो। ४ प्रमुख र २ उपप्रमुखमा कांग्रेस तथा २ उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने