तातोपानीमा माओवादी, कनकासुन्दरी र पातारासीमा काँग्रेस, तिलामा एमाले विजयी

Congress_Uml_mao_three_party_1

३ जेठ, जुम्ला । तातोपानी गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नवराज न्यौपाने र उपाध्यक्षमा सोही पार्टीकै गङ्गादेवी उपाध्याय विजयी भएका छन् ।

निर्वाचन अधिकृत नोखबहादुर बस्यालकाअनुसार न्यौपानेले दुई हजार ३९१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुरतबहादुर शाहीले दुई हजार २५ मत प्राप्त गरे ।

उपाध्यक्षमा माओवादी केन्द्रका उपाध्यायले एक हजार ९६२ मत ल्याई विजयी भए । उनका प्रत्याशी एमालेका नारायणी चौलागाईंले एक हजार ९०६ मत प्राप्त गरे ।

कनकासुन्दरी र पातारसीमा काँग्रेस विजयी

यसैगरी कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका नरवीर रावत र उपाध्यक्षमा काँग्रेसकै उर्मिला भण्डारी विजयी भएकी छिन् ।

रावतले दुई हजार ११३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका राजजङ्ग हमालले एक हजार ८४४ मत प्राप्त गरे । उपाध्यक्षमा भण्डारीले एक हजार ९४१ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मिमसरा राना रावतले एक हजार ४३१ मत प्राप्त गरेको निर्वाचन अधिकृत तुमनाथ उप्रेतीले जानकारी दिए ।

यसैगरी पातारासी गाउँपालिका अध्यक्षमा काँग्रेसका लक्षिमन बोहोरा र उपाध्यक्षमा सोही पार्टीका पुन्नकली महतारा विजयी भएका छन् ।

निर्वाचन अधिकृत जगत बस्नेतकाअनुसार बोहोराले दुई हजार ३११ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गौरीशङ्कर बुढाले एक हजार ९३० मत प्राप्त गरे । उपाध्यक्षमा महताराले दुई हजार २५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जनमाया रोकायाले एक हजार ८५५ मत प्राप्त गरे ।

तिलामा अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी

तिला गाउँपालिकाको अध्यक्षमा एमालेका रतननाथ योगी एक हजार ७६८ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जङ्गबहादुर बस्नेतले एक हजार ७४४ मत प्राप्त गरे ।

निर्वाचन अधिकृत माधवप्रसाद पौडेलकाअनुसार उपाध्यक्षमा माओवादी केन्द्रका विष्णु बुढाले एक हजार ७७४ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णुकली रावतले एक हजार ६१६ मत प्राप्त गरे ।

अहिलेसम्म जुम्लामा मतपरिणाम सार्वजनिक भएका सात स्थानीय तहमा अध्यक्ष पदमा काँग्रेस र माओवादी केन्द्र तीन-तीन वटामा तथा एमाले एउटामा विजयी भएको छ भने उपाध्यक्ष पदमा माओवादी केन्द्र चार, काँग्रेस दुई र एमाले एउटामा विजयी भएको जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिए । रासस

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी