ताजिकिस्तानबिरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, अनिल टिममा परेनन्

१७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मूख्य प्रशिक्षक ग्योतोकु कोजीले ताजिकिस्तानबिरुद्ध मंगलबार हुने खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् ।

4

 

एएफसी एसियन कप २०१९ को छनौट चरण अन्तर्गत नेपालले ताजिकिस्तानसँग आगामी मंगलबार होम म्याच खेल्नेछ । खेल एन्फा मैदान सातदोवाटोमा हुनेछ ।

शनिबार घोषणा गरिएको टिममा नियमित कप्तान अनिल गुरुङ अटाएका छैनन् । राष्ट्रिय टोलीबाट ४९ क्याप जितेका अनिल ५० क्यापको कोशेढुंगाबाट नजिक छन् ।

अनिलको स्थानमा नेपाल आर्मीका स्ट्राइकर जर्ज पि्रन्स कार्कीले राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका छन् । त्यस्तै फिलिपिन्सबिरुद्ध रातो कार्ड पाएपछि ओमानसँगको खेलमा प्रतिबन्धमा परेका मिडफिल्डर बिक्रम लामा टिममा फर्किएका छन् । आदित्य चौधरी पनि पूर्ण फिट भएका छन् ।

डिफेण्डर मानबहादुर तामाङ र गोलरक्षक एलन न्यौपाने यसपटक टिममा स्थान बनाउन असफल रहे । न्यौपानेको स्थानमा बिशाल श्रेष्ठ टिममा समावेश छन् ।

घोषित नेपाली राष्ट्रिय टोलीमा

गोलरक्षकः किरणकुमार लिम्बु, बिशाल श्रेष्ठ र बिकेश कुथु

डिफेण्डरः बिराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ

मिडफिल्डरः सुनिल बाल, हेमन गुरुङ, रोहित चन्द, सुमन लामा, अञ्जन विष्ट, बिक्रम लामा, बिशाल लाई, हेमन्त थापामगर र सुजल श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति