तपाईलाई थाहा छ, महात्मा गान्धीको हत्या किन गरेका थिए गोडसेले?


mahtma-gandhi-assassination_1उनी एकजना यस्ता व्यक्ति थिए जसले महात्मा गान्धीलाई आफ्नो आदर्श मान्दथे र उनले देखाएको बाटोमा अगाडि बढ्ने प्रण गर्दथे । उनी छुवाछुत र जातपातको भेदभावलाई मान्दैनथे । उनी थिए नाथुराम गोडसे ।

यदि उनी यस्ता थिए भने किन हत्या गरे त महात्मा गान्धीको ? उनलाई जसरी हिन्दू कट्टरपन्थी मानिन्थ्यो, के उनी त्यस्तै थिए त रु के गान्धीको हत्या गर्नु सनक वा पागल मानिसको काम होइन र?
आखिर महात्मा गान्धीलाई हत्या गर्ने विचार गोडसेको मष्तिष्कमा कसरी आयो रु गान्धीलाई गोली हानेपछि गोडसे त्यहाँबाट किन भागेनन् र उसले प्रहरीसामू आफैं आत्मसर्पण किन गरे ?यहाँ यस्ता कयौं प्रश्नहरुको जवाफ खोज्ने प्रयास गरिएको छ ।
नाथूराम गोडसे एक पढेलेखेका व्यक्ति थिए । उनी आफैं एउटा पत्रिका प्रकाशन गर्दथे, जसको नाम थियो
‘अग्रणी’ । उनको जन्म १९ मे १९१० मा पुणेको चित्पावन ब्राह्मण परिवारमा भएको थियो । गोडसेका पिता विनायक वामनराव गोडसे हुलाकमा काम गर्दथे । उनको आमाको नाम लक्ष्मी थियो ।
नाथुराम एक हिन्दूवादी कार्यकर्ता र पत्रकार थिए । उनी हिन्दूवादी त थिए तर हिन्दू धर्मको नाममा थोपरिएका जातिको आधारमा भेदभाव र छुवाछुतजस्ता कुप्रथाको विरोधी थिए ।

यो कुरा उनले अदालतमा दिएको आखिरी बयानमा खुलाएका छन् । गोडसेले भारतको स्वतन्त्रताको ताका र विभाजन पछि आएका हिन्दू शरणार्थीहरुसँग काम पनि गरेका थिए ।
त्यही क्रममा उनलाई गहिरो गरी के लाग्यो भने भारतको विभाजनको लागि जिन्नाको मुस्लिम लिग जति जिम्मेवार छ, त्यति नै जिम्मेवार कांग्रेस पनि छ । गोडसे मान्दथे कि कांग्रेसको कुनै पनि फैसला गान्धीबिना हुन सक्दैन । तर हत्याको कारण यति मात्रै भने थिएन ।
गोड्सेले गान्धीको हत्या गर्ने अन्तिम फैसला १३ जनावरी १९४८ मा गरेको मानिन्छ । यसको कारण पनि पाकिस्तान थियो । किनकी विभाजनपछि पाकिस्तानले ५५ करोड भारु मागेको थियो ।
भारत सरकारले पहिला त उक्त रकम दिन इन्कार गरेको थियो । तर, गान्धीको दबावमा उक्त रकम पाकिस्तानलाई दिइएको थियो । उक्त कुराले हिन्दूवादीहरुलाई क्रुद्ध बनाइ दियो । गोडसे उनीहरुमध्ये एक थिए ।
गान्धी हत्याकाण्डको जाँच गरिरहेको कपूर कमिशनले लेखेको छ, ३० जनवरीभन्दा पहिला पनि गान्धीलाई मार्ने प्रयास भएको थियो । २० जनवरी १९४८ कै प्रार्थना सभाबाट करिब ७५ फिट टाढा एउटा बम फ्याँकिएको थियो ।
उक्त काण्डको क्रममा मदनलाल पाहवा नाम गरेको एक व्यक्ति गिरफ्तार भएका थिए, जबकि ६ अन्य व्यक्तिहरु ट्याक्सीमा चढेर भाग्न सफल भएका थिए । गान्धीको हत्या गर्न १९३४ पछिको यो पाँचौं प्रयास थियो ।
राष्ट्रीय स्वयंसेवक संघका कार्यकर्ताहरुमध्येकै कोहीलाई यो जिम्मेवारी दिन चाहिएको थियो । तर उक्त प्रयासहरु असफल भएपछि नाथुरामले नै उक्त जिम्मा आफ्नो काँधमा लिए ।
त्यसपछि नारायण आप्टे र विष्णु रामकृष्ण करकरेले पहिले नै दिल्ली पुगेर स्थितिबारे जानकारी लिएका थिए । पुनः २७ जनवरीमा मुम्बईबाट विमानमा आप्टे र गोडसे दिल्ली पुगे ।
निर्धारित कार्यक्रम अनुसार गोडसे र आप्टे दिल्ली पुगे । त्यहाँ उनीहरुलाई करकरेले हत्याको लागि पेस्तोल नभेटिएको बताए । यो थाहा पाएर गोड्से र आप्टे चिन्तित भए । त्यसपछि गोडसेको सुझाव अनुसार भोपाल पुगेर पेस्तोल ल्याउने योजना बन्यो ।
गोडसे र आप्टे रेलबाट त्यही दिन भोपाल गए । त्यहाँ उनीहरुले आफ्नो एक साथीसँग भेटे जसले उनीहरुलाई एउटा सेमी अटोमेटिक पेस्तोल दिए । उनीहरु दुवै २९ तारिखमा पुनः दिल्ली पुगे ।
दिल्ली फर्किएपछि गोड्से र आप्टे दिल्लीको कनोट प्लेसस्थित मरीना होटेलमा बसे । उनीहरुले होटेलमा आफ्नो नाम एम देशपाँडे र एस देशपाँडे लेखाएका थिए । त्यसैगरी करकरे आफ्नो एक साथीका साथ चाँदनी चोकको एक होटेलमा बसेका थिए ।
३० जनवरीको दिउँसो करिब ३ बजे गोडसे, आप्टे र करकरे बिडला हाउस जान निस्किए । गोडसेले आप्टे र करकरेलाई पहिला आफू उक्त घरमा घुस्ने बताए र पछि उनीहरु दुवैलाई आउन अह्राए । गोडसे जब बिडला हाउसमा पुगे, त्यहाँ खासै जाँचपड्ताल भइरहेको थिएन । उनले सजिलै पेस्तोल लिएर भित्र पस्न पाए ।
केही बेरपछि आप्टे र करकरे पनि उनको आसपास उभिए । गोडसे ३० जनवरीको दिउँसो १२ बजे नै बिड़ला हाउस पुगेका थिए किनकी उनीहरु व्यक्तिगतरुपमा नै उक्त स्थान देख्न चाहन्थे । त्यतिबेला गान्धीसँग केवल सरदार पटेल र उनको नातिनी थिए । उनीहरु चाहन्थे कि गान्धीको हत्यापछि उनीहरु त्यहाँबाट भाग्न सकून् तर उनले त्यस्तो गरेनन् ।
त्यसो त, गान्धी सधैं समयको मामलामा प्रतिवद्ध थिए र उनी प्रार्थना सभामा सधै पाँच बजे नै पुग्ने गर्दथे । तर ३० जनवरी १९४८ मा सरदार पटेलसँगको कुराकानीको क्रममा उनलाई पता नै चलेन कि समय त धेरै बितिसकेछ ।
उक्त दिन जब आभा र मनुको साथ प्रार्थना सभाको लागि निक्लिए उनी पूरै मैदान घुमेर आउनुको सट्टा उनी सिधै मैदानमा हिँडेर मानिसहरुको बीचमा भइरहेको प्रार्थना सभातिर सोझिए । उनी जब मानिसको भिडतिर अघि बढिरहेका थिए गोडसेसँग उनको दूरी कम भइरहेको थियो । जब गान्धी गोडसेको नजिकै पुगे तब उनले प्रणाम गरे । ढिला भइसकेको भन्दै आभाले गोड्सेलाई भनिन्, ‘भाइ बाटो छाडिदिनुस्, बापूलाई पहिले नै ढिला भइसकेको छ ।’
योबीचमा कसैले केही सोच्न नपाउँदै गोडसेले आभालाई धकेलेर पछाडि पुर्‍याइदिए र अगाडिबाटै गान्धीको छातीमा तीन गोली प्रहार गरे । त्यसपछि सुरुमा त त्यहाँ कसैले केही सोच्नै सकेनन् तर एकछिनमै हायलकायलको स्थिति बन्यो ।
गोडसे भाग्नुको सट्टा आफ्नो हात माथि उठाएर प्रहरीलाई बोलाउन लागे । जब भीडमा रहेका प्रहरीले उसलाई देखे तब उसले प्रहरी बोलाएर आफ्नो पेस्तोल उनीहरुको हवाला गरिदियो । साँझ ५ बजेर ४५ मिनेट गएपछि मात्रै आकाशवाणीबाट गान्धीको निधनको सूचना राष्ट्र र जनताको लागि सार्वजनिक गरियो ।
२७ मेमा उक्त घटनाको बारेमा कारबाही सुरु गरियो । अदालतको पूर्ण कारवाहीको क्रममा एकपटक पनि गोडसेले आफ्नो बचाउ गरेनन् र गान्धीलाई आफूले हत्या गरेको स्वीकार गरे ।
८ नोभेम्बर १९४९ मा गोडसेलाई फाँसीको सजाय सुनाइयो । १५ नोभेम्बर १९४९ मा नारायण आप्टेको साथमा उसलाई पनि फाँसी दिइयो । उक्त हत्याकाण्डमा नाथुराम गोडसेसहित अन्य ८ व्यक्तिलाई हत्याको आरोप लगाइएको थियो । ती ८ मध्ये तीन आरोपीहरु शंकर किस्तैया, दिगम्बर बडगे, विनायक दामोदर सावरकरलाई पछि रिहा गरियो ।
दिगम्बर बडगेलाई सरकारी साक्षी बनेका कारण रिहा गरियो । शंकर किस्तैयालाई उच्च न्यायलयमा अपिल गरेपछि माफी दिइयो । विनायक दमोदर सावरकरको विरुद्ध कुनै प्रमाण नमिलेपछि अदालतले रिहा गरिदियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने