तपाईकी श्रीमतीले धोका त दिइरहेकी छैनन् ? यसरी थाहा पाउनुहोस्……

19905375_281789012289808_764010725875636067_nवैवाहिक सम्बन्ध टुट्नुमा श्रीमान र श्रीमती दुवैको कमजोरी हुन्छ । तर कतिपय अवस्थामा भने श्रीमानले श्रीमतीको ख्याल नगर्दा र श्रीमतीले श्रीमानका भन्दा अरुका विश्वास गर्नाले पनि सम्बन्ध धरापमा पर्ने खतरा हुन्छ ।
हिजो आज विकराल बन्दै गइरहेको समस्या के पनि हो भने विभिन्न कारणले श्रीमती अर्कैसँग सल्किनु । श्रीमती अर्कैसँग लहसिन थालेको पहिले नै थाहा पाउन सक्यो भने त्यसबाट हुने क्षतिबाट बच्न सकिन्छ ।
श्रीमती अर्कैको संगतमा लागेको कसरी थाहा पाउने त ? यो आलेखमा श्रीमतीले श्रीमानलाई धोका दिएको कसरी थाहा पाउने भनेर उल्लेख गरिएको छ ।

फोन कल
तपाईको श्रीमती फोनमा कत्तिको झुन्डिन्छिन् ? तपाईँको अगाडि फोन आउँदा उनको हाउभाउमा कुनै परिवर्तन आउँछ कि आउँदैन ? बारम्बर फोन आइरहने फोन, स्वरको परिवर्तन, मेसेज गर्ने प्रवृत्तिहरुले पनि तपाईंले श्रीमतीले दिइरहेको छ या छैन भनेर थाहा पाउन सक्नुहुन्छ । फोन आएको बेला आवाज कम गर्ने, अकस्मात बोल्ने शैलीमा परिवर्तन गर्छिन भने सम्झिनुस, उनको नियत ठीक छैन । थाहै नपाई तपाईमाथि धोका भइरहेको हुन सक्छ ।

केटी साथीहरुसँग बढी घुलमिल
उनका केटी साथी कति छन् ? केटी साथीसँग पहिलेको भन्दा बढी समय बिताउँछिन कि बिताउन्नन ? कतै केटी साथीलाई भेटन जाने भनेर अरु कसैलाई भेट्न त गएकी छैनन् ? केही समयअघिसम्म बेलुकी अरुसँग समय नबिताउने तपाईंको श्रीमती एकाएक धेरैजसो समय बाहिर नै बिताउने गर्न थाल्छिन् भने तपाईंमाथि धोका भइरहेको हुनसक्छ । तपाईंकी श्रीमती केटी साथीहरुसँग नभई अरु कुनै मानिससँग समय बिताइरहेको हुनसक्छ ।

नुहाउने र जीम
विगतमा दिउँसो नुहाउन अल्छी मान्ने तपाईंकी श्रीमती घर फर्कने बेला नुहाएर आएको जस्तो देखिन्छिन् ? के उनी पहिलाको भन्दा जीममा बढी धाउने गर्दछिन् ? सम्झिनुस् त्यहाँ पनि तपाईंलाई गुमराहमा राखिएको हुनसक्छ ।

श्रीमतीको बास्ना
श्रीमतीले पहिले र अहिलेमा कत्तिको बास्नादार हुने गर्छिन ? उनीबाट महिलाको भन्दा पुरुषको बास्ना बढी आइरहेको छ ? उनको यो नयाँ बास्ना महिलाको भन्दा पुरुषको बढि हो कि, अथवा त्यस्तै खालको बास्ना आफ्नो कुनै साथीको हो कि त्यो याद राख्नुहोस् ।

आँखा जुधाई
पहिला आँखा जुधाएर कुरा गर्ने तपाईंकी श्रीमती अहिले प्रश्नहरु सोध्दा एकाएक यसो गर्न बन्द गरेकी छिन् भने होसियार हुनुहोस् ।

यौन विचलन
कतै तपाईंको श्रीमतीले तपाईलाई झारा टार्ने गरी शारीरिक सम्बन्धमा साथ मात्रै त दिएकी छैनन् ? के उनको सेक्स प्रतिको रुची पहिलाको भन्दा कम छ ? के उनले तपाईंले कहिले नगर्नुभएको तरिकाहरु अपनाउन अनुरोध गर्छिन् अथवा के उनले तपाईंलाई सेक्सका नयाँ तरिकाहरुको बारेमा सिकाउने गर्दछिन् ? त्यसो भए उनीमा शंका गर्ने आधारहरु धेरै हुन्छन् । अर्थात तपाईंमाथि श्रीमतीले धोका दिइरहेकी हुन सक्छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको