तनहुँको काफ्लेफाँटमा हेलिकप्टर आकस्मिक अवतरण

दमौली, २७, साउन – मनाङबाट बिरामी पर्यटक लिएर पोखरा जाँदै गरेको डोमेस्टिक एयरको हेलिकप्टर ब्यास नगरपालिका– ६ काफ्लेफाँटस्थित साँगे खोलाको किनारमा आज अवतरण गरेको छ ।

खराब मौसमका कारण सो हेलिकप्टर उक्त ठाउँमा अवतरण गरेको इन्दु माविका प्रधानाध्यापक यज्ञ काफ्लेले बताए । सो हेलिकप्टर १२ बजे अवतरण गरेको हो । हेलिकप्टरमा चालक दलका दुईजना, नेदरल्याण्डका नागरिक एकजना र दुई यात्रु गरी पाँचजना सवार रहेको जानकारी प्रधानाध्यापक काफ्लेले दिए ।

मनाङबाट नेदरल्याण्डका बिरामी नागरिकसहित ती यात्रु लिएर जाँदै गरेको हेलिकप्टर अवतरण गरेको हो । तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले पनि हेलिकप्टर खराब मौसमका कारण उक्त ठाउँमा अवतरण गरेको बताए । सो हेलिकप्टर मौसम सफा भएपछि उड्ने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने