March 17, 2017

ढुंगेललाई हटाउने चलखेलमा प्रधानमन्त्री र खेलकुदमन्त्री

चैत ४,राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई  हटाउन प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्ड र युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली लागिपरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रधानमन्त्रीले महान्यायाधिवक्ता रमण श्रेष्ठलाई बोलाएर ढुंगेललाई हटाउन माग गरेका थिए । मन्त्री श्रीपालीले पटक पटक प्रधानमन्त्रीलाई आग्रह गर्ने र प्रधानमन्त्रीले महान्यायाधिवक्तालाई बालुवाटार बोलाएर राय मागेका थिए ।

मन्त्रीको सचिवालयले उपाध्यक्ष ढुंगेलको नियुक्तिको प्रक्रियादेखि हालसम्मको कागजात मन्त्रालयमा लगेर अनुसन्धान गरेको थियो । फाइल केलाउँदा नियुक्तिमा कुनै कसर नदेखिएको र ढुंगेल तत्काल हटाउँदा समस्या पर्ने देखिएपछि आर्थिक अनियमितता लगाएर हटाउने प्रयास भएको थियो ।

पदबाट हटाउनासाथ उपाध्यक्ष ढुंगेल अदालत जाने र अदालतले अन्तरिम आदेश दिनसक्ने आँकलन गरेपछि सरकार पछि हटेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)