डेथ सर्टिफिकेट’ बनाउँदै गर्दा ‘शव’ ब्युझिएपछि..

पुस ८ : अस्पतालले मृत घोषणा गरेको व्यक्ति जिउदै छ भन्दा तपाईलाई चमत्कार नै लाग्न सक्छ । गत ३ गते उप–महानगरपालिका–१९ बस्ने ३२ बर्षिय ईन्द्र गिरीले झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका थिए । तर परिवारले समयमै जानकारी पाएपछि धरान स्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको लागी पुराइएका गिरी अन्तिम अबस्थामा थिए । अस्पताल पुराउँदा अन्तिम ‘ढुकढुकी’ मात्र रहेका गिरीलाई आईसियुको अभावमा धरानबाट बिराटनगरस्थित लाईफ गार्डमा रेफर गरी उपचार शुरु गरियो ।

Dead_Chamatkar__4_TsbuaxfJBz-768x576तर, अस्पतालले एक रातको उपचार पछि गिरीको मृत्यु भएको घोषणा गरिदियो । अस्पतालले ‘डेथ सर्टिफिकेट’ बनाउँदै गर्दा एक डाक्टरले अचानक उनको ‘पल्स’ चलिरहेको भनेपछि फेरी उनलाई चिकित्सको सल्लाह अनुरुप बिराटनगरकै नोबेल मेडिकल कलेजमा रेफर गरियो । नोबेलका बिशेषज्ञ चिकित्सको परामर्शबाट गिरीको उपचार शुरु भयो । क्रमशः चमत्कारीक रुपमा उनको अबस्थामा सुधार देखियो ।

श्रीमानको मृत्युको खबरले बेहोस भएकी उनकी श्रीमती चन्द्रा गिरीको अनुहारमा अहिले बेग्लै खुशी छ । घाट पुराउन लागेको आफनो श्रीमानको स्वास्थ्यमा सुधार आएपछि उनको खुशी शब्दमा व्यक्त गर्न सकिरहेकी छैनन् ।

यसमा तरुण दल सुनसरीका अध्यक्ष समेत रहेका सिजन गुरुङको पनि ठूलो योगदान रहेको छ । गुरुङले आफनौ टोलमा परेको यस्तो विपतमा खेलेको भूमिका प्रति स्थानियले प्रशंसा गरेका छन् । आर्थिक अबस्था कमजोर भएका गिरीको उपचारको लागी सम्पूर्ण उपचार खर्च गुरुङले बेहोरेका छन् भने चिकित्सकसँग परामर्श लगायत सबै कार्य उनले निभाएका थिए ।

‘खर्चभन्दा पनि मरेको भनिएको मान्छे अहिले जिउँदो भएको छ, त्यो नै ठुलो धर्म हो,’ गुरुङले भने, ‘यसमा नै सन्तुष्टि छ ।’

गिरीलाई अबका दिनमा स्वरोजगार बन्नको लागी आफुले सहयोग पनि गर्ने उनले बताए ।

गिरीकी श्रीमती चन्द्राले अनुसार गुरुङको सहयोग भगवान समान भएको बताइन् । अहिले उपचार पछि श्रीमान् खाना खान थालेको र बुधबार मात्र घर ल्याइएको चन्द्राले जानकारी दिइन् । चन्द्रा श्रीमानलाई हेदैँ भन्छिन्, ‘सपना जस्तो महसुश भइरहेको छ अझै ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी