२९ चैत, काठमाडौं । आफूलाई आइजीपी बनाउन माग गर्दै डीआइजी नवराज सिलवाल सर्वोच्च अदालतमा पुगेका छन् । मंगलबार बिहान सिलवालले दर्ता गराएको रीटमा बुधबारका लागि पेशी तोकेको छ ।
डीआइजी सिलवालले सर्वोच्च अदालतमा दुईवटा मुद्दा दर्ता गराउँदैछन् । दोस्रो मुद्दा अदालतको अवहेलना सम्बन्धमा छ । अवहेलना मुद्दा पनि मंगलबार नै दर्ता गरिने स्रोतले जानकारी दियो ।
सरकारले सोमबार साँझ प्रकाश अर्याललाई आइजीपीमा नियुक्त गरेपछि डीआइजी सिलवाल रिट लिएर अदालत पुगेका हुन् ।
सिलवालबाट दर्ता गरिएको रिट निवेदनमा अर्यालको नियुक्ति खारेज गरी आफूलाई आइजीपी बनाउन माग गरिएको छ ।
आफू ज्येष्ठ डीआइजी हुँदाहुँदै र सर्वोच्च अदालतका पाँचजना न्यायाधीशले गरेको फैसलाविपरीत अनधिकृत एवं कीर्ते फाइल खडा गरेर अर्याललाई आइजीपी नियुक्त गरिएको सिलवालको रिट निवेदनमा जिकिर छ ।
बरिष्ठ अधिवक्ता शम्भु थापा लगायतको कानूनी परामर्शअनुसार डीआइजी सिलवालले रीट दर्ता गरेका हुन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने