डिलक्स र ‘सेमी लो फ्लोर’ बस किन्न साझालाई महानगरको ५ करोड

१३ असार , काठमाडौं । साझा यातायातले ल्याउने १२ वटा डिलक्स बस र एउटा सेमी लो फ्लोरबसका लागि मंगलबार काठमाडौं महानगरपालिकाले ५ करोड रुपैयाँको चेक हस्तान्तरण गर्दैछ । यो रकम साझामा महानगरले सेयरका रुपमा लगानी गर्न लागेको हो ।

राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच महानगरपालिकाले साझालार्इ चेक हस्तान्तरण गर्नेछ । महानगरले प्रदान गर्ने रकमबाट साझाले नेपालमै पहिलोपटक भित्रिने ‘सेमी लो फ्लोर’ बस पनि ल्याउनेछ । यसका लागि साझाले आपूर्तिकर्ता कम्पनीसँग सम्झौता गरिसकेको छ ।

साझाले गरेको टेण्डरमा ५ करोड रुपैयाँमा १२ वटा डिलक्स र एउटा सेमी फ्लोर बस दिने गरी तीन कम्पनीले प्रस्ताव हालेका थिए । जसमध्ये सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने आशेक ले-ल्याण्डकै बस ल्याउने गरी आईएमई अटोमोटिभ्ससँग सम्झौता भएको छ ।

आज महानगरपालिकाले पूर्व समझदारीअनुरुप ५ करोडको चेक उपलब्ध गराउनासाथ बस ल्याउन प्रतितपत्र -एलसी) खोलिने साझा यातायातले जनाएको छ । एलसी खोलेपछि अर्डरअनुरुपको बस बनाउने काम सुरु हुनेछ ।

साझा यातायातले अब किन्ने डिलक्स बसलाई अन्तर नगर यातायातका रुपमा सञ्चालन गर्ने बताएको छ । काठमाडौं महानगरबाट अन्तर महानगर/उपहमहानगर/नगरस्तरीय यातायातका रुपमा साझाका सुविधा सम्पन्न बसहरु किन्न लागिएको हो ।

यसलाई यातायातमार्फत काठमाडौं महानगरलाई अन्य स्थानीय निकयासँग ‘मितेरी’ अर्थात मित्रता जोड्ने माध्यमका रुपमा पनि विकास गर्ने साझाको योजना छ ।

यस्ता हुनेछन् डिलक्स बस

स्तरीय फोल्डिङ सिटसहितका हुने बस ४० सिटे हुनेछ । डिलक्स बसमा उलपब्ध हुने सबै सुविधा हुनेछ । कुन-कुन शहरमा साझाका नयाँ बसहरु चलाउने भनेर निर्णय भएको छैन ।

बस आएपछि काठमाडौं महानगरसँग छलफल गरेर रुट टुंग्याइने साझा यातायातले जनाएको छ । शहरी यातायातलाई सुधार्न सकिन्छ भन्ने एउटा उदाहरण प्रस्तुत गरेको साझाले लामो दूरीका बस सेवामा पनि आˆनो मानक यिनै बसमार्फत कायम गर्ने विश्वास गरेको छ ।

त्यस्तै साझाले काठमाडौंभित्र सञ्चालन गर्न लगाउने गरी ‘सेमी लो ˆलोर बस’ किन्न पनि सम्झौता गरेको छ । साझाले पछिल्लो पटक महानगरलाई १० करोडको सेयर दिएर ल्याएको ३० वटा अपाङ्गमैत्री बस काठमाडौंका विभिन्न रुटमा चलिसकेका छन् ।

कस्तो हो ‘सेमी लो फलोर’ बस ?

साझाले पहिलो चरणमा एउटा विशेष बस किनेर काठमाडौं उपत्यकामा परीक्षण गर्ने योजना बनाएको छ । लो फ्लोर सको ग्राउण्ड क्लेयरेन्स एकदमै कम हुन्छ । त्यसैले एकदमै मिलेको र सम्म सडकमा मात्र यो बस चल्छ । यो बस समान्यभन्दा बढी महंगो हुन्छ ।

यो बसमा चढ्न र ओर्लन अपांगता भएका तथा अशक्त बिरामीहरुलाई कुनै लिफ्टको जरुरत पर्नेछैन ।

साझाले अहिले ल्याएको बसमा म्यानुअल लिफ्ट छ । जसमा अपाङ्गता भएका व्यक्तिहरुलाई चढाउने र ओराल्ने समयमा समयमा मान्छेले मेहेनत गरेर जोड्नुपर्छ । तर, लो ˆलोरको बसमा भने चढ्न ओर्लन कुनै असहज हुँदैन ।

समान्य बसमा कम्तिमा ९ सय मिलिमिटरको ग्राउण्ड क्लेयरेन्स हुन्छ । कतिपयमा त त्योभन्दा पनि उच्च हुन्छ । तर, लो फ्लोरको बसमा ४ सय मिलिमिटरको क्लेयरेन्स हुन्छ । यस्ता बस सुविधासम्पन्न र उत्तिकै आरामदायी पनि हुन्छन् ।

तर, चल्नका लागि भने खाल्डाखुल्डी र उबडखाबड नभएको चिल्लो सडक भने चाहिन्छ । अब साझाले किन्ने यो बस एयरपोर्ट क्षेत्रमा चलाउन सकिने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने