डिपिएल क्रिकेटमा कञ्चनपुरलाई रुपन्देहीले १४ रनले जित्यो

Krishna-Karki-of-Rupandehi--768x457२८ चैत, कैलाली । धनगढी क्रिकेट लिग अन्तर्गत सोमबार भएको दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्सले कञ्चनपुर आइकोनिकलाई १४ रनले पराजित गरेको छ ।

एसएसपी क्रिकेट मैदान धनगढीमा टस जितेर ब्याटिङ रोजेको शक्ति गौचन नेतृत्वको टोली रुपन्देहीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४५ रन बनायो । उत्कृष्ट सुरुवात गरेको रुपन्देही इनिङको बीचमा केहि धर्मराएपनि पुच्छारका ब्याट्सम्यानहरुको उच्च प्रदर्शनले रुपन्देहीले सम्मानित स्कोर खडा गर्‍यो ।

हरिशंकर शाह र शंकर रानाले पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दा शाहले ३३ र रानाले १९ रन बनाए । तर मध्यक्रमका तीन ब्याट्सम्यान सस्तैमा आउट भएपनि कप्तान शक्ति गौतचन र प्रकाश केसीले इनिङ संहालेका थिए । केसीले २६ रनको योगदान दिए भने गौचनले १६ रन बनाए । बिक्रम शोव १५ रनमा अविजित रहे । रुपन्देहीले १४ अतिरिक्त रन पाएको थियो ।

बलिङतर्फ कञ्चनपुरका कुशल भुर्तेल एक्लैले ४ विकेट लिए भने अभिनाश कर्णले दुई तथा सुनील धमलाले १ विकेट झारे ।

१४६ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३१ रनमात्र जोड्न सक्यो । उसले पनि सुरुवात उत्कृष्ट गरेको थियो । सागर पुन र सुनील धमलाले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए ।

दशौं ओभरको तेस्रो बलमा धमला २८ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि कञ्चनपुरको विकेट पतन सुरु भयो । त्यसयता कुशल भुर्तेलले १३ बलमा २७ रन बनाउनुबाहेक कञ्चनपुरका अध्य ब्याट्सम्यानले गतिलो स्कोर बनाउन सकेनन् । ओपनर सागरले ३९ रन बनाए भने अभिनाश कर्ण १५ रनमा अविजित रहे । कञ्चनपुरका ७ ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ कृष्ण कार्की र शहव आलमले ३र३ विकेट लिँदा कप्तान शक्ति गौचनले २ विकेट लिए । आलमले चार ओभर बलिङ गर्दा ८ रन दिएर ३ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत भोलिको पहिलो खेलमा बिराटनगर किङ्स र धनगढी टिम चौराहा तथा दोस्रो खेलमा काठमाडौं गोल्डेन्स र कञ्चनपुर आइकोनिकबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति