डिएसपीविरुद्ध उजुरी दिने महिला प्रहरीलाई नै तनाव, छानबिनमा इन्सपेक्टर

Nepal-policeदैलेख, ५ वैशाख । कार्यस्थलमा दुव्र्यवहार गरेको आरोपमा जिल्ला प्रहरी प्रमुख (डिएसपी) विरुद्ध विभागमा उजुरी दिएकी एक महिला प्रहरीले उल्टै मानसिक तनाव भोग्नुपरेको छ ।

नौमूले इलाका प्रहरी कार्यालयमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत रेखा कुँवरले आफ्नै हाकिम डिएसपी केदार रजौरेविरुद्ध दुव्र्यवहारको आरोप लगाउँदै भेरी अञ्चल प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उनले प्रहरी प्रधान कार्यालय, महिला तथा बालबालिका इकाई र मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयलाई बोधार्थसहित दुई साता अघि उजुरी दिएकी थिइन् ।

अञ्चल प्रहरी कार्यालयबाट छानविनका लागि पुगेको टोलीले समेत पुर्वाग्रही भएर उल्टै गाली गरेको कुँवरले गुनासो गरिन् । कुँवरले हाकिम र छानबिन टोलीबाट आफूले तनाव झेल्नु परेको पीडा पोखिन् ।

म्यादी प्रहरी भर्ना छनौट स्थलमा डिएसपी रजौरेले बिना गल्ती हातपात गरेको उनको आरोप छ । विभागले पीडितलाई न्याय दिनुको साटो उल्टै तनाव दिएको भन्दै महिला प्रहरी सेलका जवानहरुले असन्तुष्टि जनाएका छन् ।

‘सार्वजनिकरुपमा हाकिमले हातपात गर्छन्, उल्टै विभागले हाकिम जोगाउने प्रयास हुन्छ,’ महिला सेलकी एक जवानले भनिन् । अञ्चल प्रहरी प्रमुख महेशविक्रम शाहले उजुरीमाथि छानबिन भैरहेको जानकारी दिए । छानबिन टोलीमा अञ्चल प्रहरीका इन्सपेक्टर हरिहर खड्काको संयोजकत्वमा तीन सदस्यीय टोली बनाईएको छ । तर डिएसपीको छानबिनमा इन्सपेक्टर पठाउनुलाई धेरैले आश्र्चयजनक भनेका छन् ।

यो सिधै पीडकलाई उन्मुक्ति दिने प्रयास भएको भन्दै तल्लो दर्जाले माथिल्लो दर्जाकालाई स्पष्टिकरण सोध्नेमा धेरैले विश्वास गर्न नसकेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने