डिआइजी लगाएर नेपालमा दियोपोस्टकर्मीलाई पक्राउ गर्ने दुबईबाट ‘मानव तस्कर’को धम्की !

दुबईमा भिजिट भिषामा मानव तस्करी गर्दै आएका कोमलराज उपाध्याय

काठमाडौं । भिजिट भिषाको नाममा दुबईमा मानव तस्करी गर्ने गिरोहले दियोपोस्ट डटकमका प्रतिनिधिलाई धम्की दिएका छन् ।
भिजिट भिषामा दुबई पुर्याएर सयौँ नेपालीलाई विचल्ली बनाएको विषयमा समाचार प्रकाशन गरेको भन्दै दियोपोस्टका अध्यक्ष तथा प्रधानसम्पादक सुदीप विश्वकर्मालाई दुबईबाटै टेलिफोनमा धम्की दिएको हो ।

दुबईमा संचालित त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सलटेन्सीज नामक कम्पनिका मालिक कोमलराज उपाध्याय –प्याकुरेल)ले नेपाली प्रहरीको डिआइजी नै दियोपोस्ट कर्मीलाई पक्राउ गर्न पठाउने धम्की दिएका छन् ।

दुबईको मोबाइल नम्बर ९७१५२३४५…६१ नम्बरबाट भिजिट भिषाको आवरणमा नेपालबाट मानव तस्करी धन्दा चलाउँदै आएका उपाध्यायले दियोपोस्ट डटकमका अध्यक्ष तथा सञ्चालक सुदीप विश्वकर्माको मोबाइल नम्बरमा फोन गर्दै समाचारको स्रोत के हो भन्दै धम्की दिएका हुन ।
‘यो समाचार कसले दियो । म कम्पनिको मालिक कोमल उपाध्याय हो । कसले यो समाचार दियो तपाईंले मलाई भन्नुपर्छ,’ उनले भनेका छन्,‘नत्र म केस गर्छु । तपाईंले एउटा रेपुटेड कम्पनिको बारेमा न्युज लेख्दै हुनुहुन्छ । मैले धम्काको होइन । तपाईंलाई कुन मान्छेले दियो त्यसको नाम चाहियो ।’

कम्पनिमा विचल्ली भएका मानिसहरु आफूले नभई स्टाफले दुबई ल्याएको समेत उनको गैरजिम्मेवार जवाफ थियो ।
उनले १२ घण्टा भित्र समाचारको स्रोत नदिए कार्यालयमै मान्छे पठाउने समेत धम्की दिए ।

‘१२ घण्टा भित्र कसले समाचार दियो भन्नु भएन भने म तपाईं कहाँ मान्छे पठाउँछु । पुलिस इन्सपेक्टर हुन्छ की डिआइजी हुन्छ की म मान्छे पठाउँछु । तपाईंलाई भिडियो कसले पठाएको छ हामीलाई थाहा छ । तपाईंलाई अफ्टयारो पार्छु ख्याल गर्नुस्,’ धम्की दिँदै उपाध्यायले टेलिफोनमा भनेका छन्,‘तपाईंको हावा कसरी खुस्काउनुपर्छ हामीलाई पनि थाहा छ । तपाईंलाई कसले दियो कसले भन्यो सब थाहा छ ।’
केही बेरमा दलालीमै समलग्न सन्तोष सुवेदी नाम गरेका व्यक्तिले पनि सोही नम्बरबाट फोनमा धम्काए ।

उनले भने पत्रकारीताको पाठ पढाउन थाले । र मानहानीको केस हाल्ने धम्की समेत उनले दिए ।

‘पत्रकारीता हामीलाई थाहा छ । म दुबईबाट भोली आउँछु । तपाईं विरुद्ध मानहानीको केस हाल्छु । तपाईंले मेरो नाम लेख्ने अधिकार कसले दियो,?’ सुवेदीले भने,‘म तपाईंलाई जेल हाल्छु । पर्खिनुस् सर । भिजिटमा आए हामीले काम लगाइदिम् ।’

कम्पनिका मालिक कोमल उपाध्यायले नेपालबाट अवैध रुपमा नेपाली युवाहरुलाई भिजिट भिषामा दुबई पुर्याएर विचल्ली बनाएको विषयमा दियोपोस्टले प्रमाण सहित खबर प्रकाशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने