नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले वाम गठबन्धनले झुक्याएपछि आफू गठबन्धनबाट बाहिरिएको बताएका छन्।
कास्कीमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा उनले पहिले समाजवादी पार्टी बनाएर जाने भन्दै बोलाएको बताए । ‘नयाँ समाजवादी पार्टी बनाउने हो भनेर बोलाएका थिए,’ भट्टराईले भने ‘तर पछि गएर बुझ्दा त पुरानै कम्युनिष्ट पार्टीको धङधङी बोकेपछि हामी गठबन्धनबाट बाहिरियौँ।’
उनले एमाले र माओवादीले बनाउने भनेको कम्युनिष्ट केन्द्र औचित्य नरहेको बताए। स्टालिनकालीन कम्युनिष्टको नेपालमा कै औचित्य नरहेको उनको जिकिर थियो। उनले एमाले र माओवादीबीच वाम गठबन्धनलाई कम्युनिष्ट केन्द्र बनाउने सहमति भएको थाहा पाएपछि आफूले नयाँ समाजवादी शक्ति बनाउन प्रस्ताव गरेको बताउँदै दुई पार्टीले नमानेपछि आफू गठबन्धनबाटै बाहिरिएको उनको दाबी थियो ।
उनले गोरखा २ वा नयाँ शक्तिलाई १५ सिट नदिएर गठबन्धन तोडेको हल्ला मात्रै भएको बताए। उनले नयाँ शक्ति पार्टी वाम र लोकतान्त्रिक पार्टीको फ्यूजन भएको बताए। काँग्रेस र कम्युनिष्ट दुवैलाई समदूरीमा राखेर अगाडि बढ्ने समेत बताए ।
संयोजक भट्टराईले लोकतान्त्रिक गठबन्धनलाई अस्वाभाविक रुपमा लिन नहुने बताए । ‘नयाँ शक्ति वाम पार्टी पनि हैन, पूर्ण लोकतान्त्रिक पार्टी पनि हैन ।’ उनले भने अबको अावश्यकता नयाँ फ्यूजन नै आवश्यक रहेको बताए।
पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का
मंसिर १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र
मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा
मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।