काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर डा. गोविन्द केसीले आज (बिहीबार) देखि आमरण अनशन सुरू गरेका छन् । यो उनको १३ औं अनशन हो ।
संसदमा छलफलका क्रममा रहेको चिकित्सा शिक्षा विधेयक माथेमा कार्यदलको प्रतिवेदन अनुसार संशोधन हुनुपर्ने, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामाकण्ठ मकाजू र डिन डा. राजेन्द्र कोजुलाई बर्खास्त गर्नुपर्नेलगायत ४ बुँदे माग राख्दै डा. केसीले अनशन थालेका हुन् ।
केसी त्रिवि शिक्षण अस्पताल हातामा अनशन बसेका छन् । चिकित्सा शिक्षा विधेयकको माफियामुखी संस्करण संसद्बाट पारित गर्न लागिएको भन्दै उनी असोज दोस्रो साता १२ औं पटक आमरण अनशन बसेका थिए ।
अनशन सुरू भएपछि संसदबाट उक्त ऐन पारित नभएपछि दसैंलाई दृष्टिगत गर्दै केसीले अनशन स्थगित गरेका थिए । त्यस बेला नै उनले असोज १९ गतेदेखि पुनः अनशन सुरू गर्ने बताएका थिए । यसबीचमा उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चिकित्सा शिक्षा ऐनलगायत विषयमा जानकारी दिँदै आफू बिहीबारदेखि अनशन बस्ने बताएका थिए ।
१३ औं अनशन सुरु गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा डा. केसीले ३ करोड नेपाली जनताको स्वास्थ्यसँग खेलवाड गर्न नसकिने भन्दै माग पूरा नभएसम्म अनशन जारी राख्ने बताए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द