डा केसी अनशन : आज पुनः वार्ता, विधेयक फास्ट ट्रयाकबाट पारित हुने

 

 

काठमाडौं– अनशनरत डा गोविन्द केसीको माग सम्बोधन गर्न आज पुनः वार्ता हुने भएको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)लाई स्वायत्तता प्रदान गर्ने र चिकित्सा शिक्षा विधेयक ‘फास्ट ट्रयाक’बाट पास गर्ने विषयमा पहल सुरु भएको छ । 

शिक्षा मन्त्रालयले आइओएम डीन कार्यालयलाई स्वायत्तताको खाका तयार पार्न आग्रह गरेको छ । यसैगरी विधेयक फास्ट ट्रयाक पारित गर्न प्रधान मन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका संसदको महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको आग्रह अनुसार समितिले फास्ट ट्रयाकबाट विधेयक पारित गर्न छलफल सुरु गरेको छ । आइतबार शिक्षा र स्वास्थ्य मन्त्रीबीच पनि विधेयक पारित गर्ने विषयमा छलफल भएको थियो । डा. केसी ७ सुत्रिय माग राखी साउन ९ गतेदेखि ११औं अनशनमा छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने