डा. केसीको स्वास्थ्य बिग्रिँदै, बुधबारदेखि ओपीडी सेवा बहिस्कार

Teaching-Hospital120875962Dr-KC

१७ साउन, काठमाडौं । त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत आवासीय चिकित्सकहरुले बुधबारदेखि अस्पतालको बहिरंग सेवा (ओपीडी) बहिस्कार गर्ने भएका छन् । ओपीडीलगायत पठनपाठन सम्बन्धी कुनै पनि शैक्षिक कार्यक्रममा सरीक नहुने उनीहरुले बताएका छन् ।नेपाल रेजिडेन्ट डाक्टर्स एशोसिएसनका अध्यक्ष डा. कश्यप श्रेष्ठले डा. गोविन्द केसी आमरण अनसनमा बसेको नौ दिन वितिसक्दा पनि सरकार पक्ष गम्भीर नभएकाले भोलिदेखि ओपीडीमा सरीक नहुने बताए ।

उनले भने, ‘डा. केसी आमरण अनसनमा बसेको आज नौ दिन भैसक्यो । तर, राज्य पक्ष गम्भीर देखिएन । साथै डा. केसीको स्वास्थ्य अवस्था समेत गम्भीर हुँदै गएकाले हामी यो कदम चाल्न बाध्य भएका हौं ।’यसअघिका अनसनमा रेजिडेन्ट डाक्टरहरुले डा. केसी अनसन बसेको ४-५ दिनदेखि नै ओपीडी बहिष्कार गर्दै आएका थिए ।यसपटक डा. केसीकै अनुरोधमा विरोधका कार्यक्रमलाई पछि सारेको र बाध्य भएर ओपीडी सेवामा सहभागी हुने निर्णय गरेको उनीहरुले बताएका छन् ।चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने लगायतका माग राख्दै आमरण अनसन सुरु गरेका डा. केसीको स्वास्थ्य बिग्रिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि