डा. केसीको अनसन तोडाउन सरकारलाई निर्देशन

२६ साउन, काठमाडौं – डा. गोविन्द केसीको अनशन तोडाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको सामाजिक न्याय तथा मानव अधिकार समितिले शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालय मार्फत डा. केसीको अनशन चाँडोभन्दा चाँडो तोडाउन निर्देशन दिएको हो ।

images-cms-image

डा. केसीका उचित माग पूरा गरेर चाँडोभन्दा चाँडो अनशन तोड्ने वातावरण बनाउन समितिले निर्देशन दिएको सभापति सुशीलकुमार श्रेष्ठले जानकारी दिए । बैठकमा उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले डा. केसीको मागप्रति सरकार निकै संवेदनशिल भएकोभन्दै जायज मागलाई सम्बोधन गर्न सरकार तयार गरेको बताए ।

बैठकमा समिति सदस्यहरुले लामो समयदेखि डा. केसी अनसनमा बस्दा पनि सरकारले कुनै चासो नै नदिएको भन्दै आक्रोश पोखेका थिए । चिकित्सा शिक्षा सुधारको मागमा सरकारले गरेका सहमति पालना नगरेको भन्दै केसीले ११ औं पटक अनसनमा बसेका छन् ।

माथे कार्यदलको प्रतिबेदन कार्यान्वयन गर्नुपर्ने, चिकित्सा शिक्षा अध्ययन संस्था आईओएममा डिनको सिफारिसमा सहायक डिन र क्याम्पस प्रमुख नियुक्ति गर्नुपर्ने तथा सरकार र अदालतको आदेश नमान्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्नुपर्ने डा. केसीको माग छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी