डाक्टर बरालका अनुसार शरिरमा क्यान्सर रोग भए/नभएको यसरी पत्ता लगाउन सकिन्छ!

क्यान्सर अर्थात अर्बुद रोगबारे शनिबार लायन्स क्लब अफ काठमाडौं जोरपाटीद्वारा आयोजित सचेतनामुलक कार्यक्रमलाइ सम्वोधन गर्दै डा. बरालले क्यान्सर जटील प्रकृतीको रोग भएपनि समयमै उपचार हुन सके सजिलै निको पार्न सकिने जानकारी दिए । उनले नेपालमा पुरुषहरुमा सबै भन्दा बढी फोक्सोको क्यान्सर र महिलाहरुमा सबै भन्दा बढी पाठेघरको मुखको क्यान्सरका रोगीहरु भएको बताए ।

ALT TAG

सामान्यतया शरीरकाका विभिन्न अंगहरुमा कोषीकाको अनियन्त्रीतवृद्धी हुनुनै क्यान्सर हुनु हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ८२ लाख व्यक्तीको मृत्यु क्यान्सर रोगबाट मृत्यु हुने गर्दछ भने २ लाख ७० हजार महिलाहरुको मृत्यु पाठेघरको मुखको क्यान्सरका कारणले हुने गर्दछ । क्यान्सर जुनसुकै उमेरका व्यक्तीमा जुनसुकै भागमा पनि हुने गर्दछ । विश्वव्यापी रुपमा १३ प्रतिशत मृत्यु क्यान्सरका कारणले हुने गरेको पाइन्छ ।

डाक्टर बरालका अनुसार शरिरमा क्यान्सर रोग भए/नभएको यसरी पत्ता लगाउन सकिन्छ
१)निको नहुने खोकी लागेमा अथवा घोक्रो स्वर भएमा

२) छालामा भएको कोठीको रङ्ग र आकार परिवर्तन भएमा

३)शरीरको भाग अत्याधिक दुख्न थालेमा वा शरीरमा गिर्खा आएमा

४)उपचार गर्दा पनि शरिरमा लागेको घाउ निको नभएमा वा बल्झीएमा

५) शरिरबाट असाधारण रक्तस्राव वा पिप आएमा

६)दिशा वा पिशावमा गर्ने समयमा फरक आएमा वा गाह्रो भएमा अथाव दिशा पिशाब गर्दा रगत देखिएमा

७) विस्तारै शरिरको वजन घट्दै गएमा वा दुव्लाउदै गएमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि