डन्डीफोर आएर हैरान हुनुहुन्छ भने यसो गर्नुस्

chinese-actresses-2

४ असार – सुन्दर देखिने चाहना सबैको हुन्छ । तर, अनुहारमा आउने डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ । सुन्दर मुहारलाई कुरुप बनाउने डन्डिफोरलाई सामान्य घरेलु उपायले पनि हटाउन सकिन्छ । त्यस्तै आज हामी तपाईलाई डन्डीफोरबाट छुटकारा दिलाउने केही घरेलु उपायबारे जानकारी गराउँदैछौं ।

मह
महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ । डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुने । अझ तपाईलाई छाला चम्किलो बनाउन मन छ भने चिसो दुधले पनि अनुहार धुन सकिन्छ । यो उपायले डन्डीफोरको समस्याबाट छुटकारा दिलाउनुका साथै छालालाई चम्किलो बनाउन मद्दत गर्छ ।

कागतीको रस
डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हुन्छ । यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ। तर कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनु उत्तम हुन्छ ।

गोलभेँडा
गोलभेँडामा पाइने तत्व छालाका लागि लाभदायक हुन्छ । गोलभेँडामा पनि कागतीमा जस्तै धेरै फाइदाजनक तत्वहरु पाइने भएकाले यसले डन्डीफोर हटाउन मद्दत गर्छ र छालालाई चम्किलो बनाउँछ । गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउने र आधा घण्टापछि अनुहार चीसो पानीले पखाले डन्डीफोरबाट छुटकारा पाइन्छ ।

ल्वाङ
डन्डीफोरको समस्याबाट राहत पाउन ल्वाङ निकै लाभदायक मानिन्छ । यसका लागि तपाईले एक कप पानीमा ल्वाङ उमाल्नु पर्ने हुन्छ । पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई पिस्ने र तयार भएको लेदोलाई डन्डीफोर भएको ठाउँमा दल्ने र आधा घण्टापछि अनुहार चिसो पानीले धुनुहोस् ।

बाफ लिने
बाफ लिएर पनि अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ। फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ। साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ। अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ। बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्नुहोस् । सीधै हातले पुछ्दा डन्डीफोरको समस्या झन् बढ्न सक्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि