September 3, 2016

ठूलो परिमाणमा लागुऔषधसहित दुई जना इन्जिनियरलाई पक्राउ

download (1)१८ भदौ, काठमाडों । सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा लागुऔषधसहित दुई जना इन्जिनियरलाई पक्राउ गरेको छ । राजश्व तथा भन्सार सुरक्षा गुल्म डण्डा भैरहवाले ती दुई इन्जिनियरलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेहरुमा रुपन्देहीको सौराहा फर्साटिकर–२ का २५ वर्षीय महेश गैरे र १ का २८ वर्षीय नवीनराज बास्तोला रहेका छन् । गैरे आईटी इन्जिनियर र बास्तोला सिभिल इन्जिनियर हुन् । बास्तोलाले योभन्दा अघि पनि एकपटक लागूऔषध ओसारपसार गरेका थिए । गैरे भने पहिलो पटकमै समातिएका हुन् ।

सिभिल इन्जिनियर बास्तोलाले फर्साटिकरमा आफ्नै रेष्टुरेण्ट छ । गैरे वर्डलिंक नेटवर्क प्रालिमा कार्यरत छन् । इन्जिनियरिङबाट कमाइ नभएपछि लागूऔषधको धन्दा सुरु गरेको उनीहरुको भनाइ छ । ‘इन्जिनियरिङ अध्यनन गरेर इन्जिनियर भएपनि नेपालमा राम्रो काम पाइएन र पैसाको प्रलोभनमा लागुऔषध ओसारपसारमा लागियो,’ उनीहरुको भनाइ छ ।

सीमावर्ती भारतीय बजार सुनौलीबाट झोलामा लागूऔषध ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म डण्डाका प्रमुख डीएसपी शंकर खनालले बताए । डीएसपी खनालले उनीहरुका साथबाट ठूलो परिमाणमा नुफिन, फेनारगन, नाइट्राभेटलगायतका २ हजार सीसी लागूऔषध बरामद भएको र सोको मूल्य ६ लाख रुपैयाँ पर्ने बताए । यसका अलावा उनीहरुबाट नगद २३ हजार रुपैयाँ, ३ वटा मोबाइल, ल्यापटप र उनीहरुले प्रयोग गरेको लु१८प ९३८१ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेका युवाहरु आर्थिक प्रलोभनमा परेर त्यस्तो धन्दामा लागेको सशस्त्र प्रहरीले जनाएको छ । ती लागूऔषध विभिन्न स्थानमा पु-याएबापत ३० हजार रुपैयाँ पाउने प्रलोधनमा परेर आफूहरुले त्यसमा हात हालेको उनीहरुले वयान दिएका छन् । राजधानी दैनिकमा खबर छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने