ट्राभल एजेन्सी,दलाल र मेनपावर सम्मको ठगी बेहोर्दै, रोजगारीको लागि बिदेशिन चाहने युवा

देशमा श्रम र रोजगारीको अभावको कारणले पछिल्लो केही बर्सयता दिनहुँजसो हजारौं नेपाली युवाहरू विदेश पलायन हुन  बाध्य छन।लगभग पचास प्रतिशत सोसल मिडियाको भित्तो वैदेशिक रोजागरिमा हिंडेका युवाहरुले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा ‘बाईबाई नेपाल’ भन्दै खिचेका तस्वीरहरुले भरिने गरेका छन।दैनिक तिनजना भन्दा बढी बाकसमा प्याक भएर आउने नेपाली दाजुभाई तथा दिदीबहिनीहरु नेपाली मिडियाहरुमा समाचार बन्ने गरेका छन।त्यस्तै,परदेशी भुमिमा पुगेर दु:ख पाउने,ठगिने र घाईते तथा अपाङ्ग हुने नेपाली युवाहरूको संख्या पनि कम छैन।

गाउँ बाट शहर र शरदेखी बिदेशी भुमिसम्म पुग्दा नेपाली युवाहरुले पाउने दु:खको कुनै सिमा छैन।सरकारले वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि बिचौलिया प्रथामा प्रतिबन्ध लगाएपनि मेनपावरहरुले बिचौलिया बिना जानेहरुलाई खासै वास्ता गरेको पाईंदैन।अधिकाङ्सलाई वैदेशिक रोजगार समन्धी ज्ञान् नहुंदा यसको फाईदा दलालहरुले मनग्ये लिने गरेका छन।अहिले पनि काठमाडौंमा बस्ने प्रायः परिवारमा न्युनतम एकजनाको पेसा मेनपावरको दलाली रहेको छ।बिचौलिया मार्फत रोजगारिको लागि बिदेशीने एक ब्यक्तिको भागमा न्युनतम पचास हजार देखि एक लाख सम्म खर्चभार थपिने गरेको छ।

सयमा सय प्रतिशत मेनपावरहरुले वैदेशिक रोजगारिमा जांदा लाग्ने सरकारी खर्चको मापदण्ड लाई कार्यान्वयन गरेका छैनन्।मेनपावरहरुले सरकारी मापदण्डको न्युनतम दस गुना बढी खर्च असुल्ने गरेका छन।प्रायःएजेन्सीहरुले ‘फ्रि भिसा,फ्रि टिकट’नियमलाई पनि कार्यान्वयन गरेको पाईंदैन।  ‘फ्रि भिसा,फ्रि टिकटको’नियम मानव तस्करहरुको मोज गर्ने माध्यम बनेको छ।यसमा सरकार मौन छ भने वैदेशिक रोजगार बिभाग  लगाएतका सरोकारवाला निकायहरू रमिते बनिरहेका छन।

मेनपावरका बिचौलिया दलाल र मेनपावरहरुको यातना वैदेशिक रोजगारिमा जान चाहने युवहरुले भोगिरहेकै छन।यो संगसंगै ट्राभल एजेन्सी हरुले पनि युवाहरूलाई ठग्ने क्रममा व्यापक वृद्धि भैरहेको छ।पछिल्लो महिना मात्रै दुबईको लागि टिकट काट्न शामाखुसिको एक ट्राभल एजेन्सिमा पुगेका आदि दर्जन युवाहरू ठगिएका छन।जनही एकलाख पांचहजार रुपैयाँ पैसा दिएर टिकट बुकिङ गरेका ती युवाहरुले समयमा टिकट पाएननै टिकट संगसंगै उनिहरुले आफुले ट्राभल लाई दिएको पैसा समेत फिर्ता नपाउंदा उनिहरु पिपुल नेपाल मिडिया समक्ष सहयोग माग्न आईपुगे।

पिपुल नेपाल मिडिया र नेकपा(मालेमा केन्द्र)को संयुक्त पहलमा एकजनाको टिकट काट्न लिएको पैसा फिर्ता गर्न उक्त ट्राभल एजेन्सी वाध्य भएको छ भने अझै धेरै जनाको पैसा फिर्ता गर्न उसले अटेरी गरिरहेको छ।ट्रभल एजेन्सीमा टिकट लिन कित मेनपावरका बिचौलिया मानव तस्कर दलालहरु,कि मेनपावर होइनभने विभिन्न देशमा विद्यार्थीहरु लाने बाहानामा खोलिएका कन्सलटेन्सी नाम गरेका सफेद मानव तस्करहरुले सम्पर्क गरेमा मात्र उनिहरुले सहज रुपमा टिकट उपलब्ध गराउने चलन रहेको छ।जहाँ उनिहरुले मनग्ये कमिसन राखेर यो काम गर्ने गरेका छन।आफुलाई चल्तिको दावी गर्ने उक्त ट्राभल एजेन्सीको कालो धन्दा हामीले खोजिरहेका छौं र त्यसबारे हामिहरु बिस्तारै हाम्रा दर्शकहरुलाई जानकारी दिंदै जानेछौं।

ट्राभल एजेन्सीहरुको मेनपावर,बिचौलिया दलाल र कन्सल्टेन्सीहरु संग कनेक्सन हुन्छनै त्यो सगसगै केहिलाई छाडेर अधिकाङ्स ट्राभल एजेन्सीहरुको नक्कली भिसा बनाउने मानव तस्करहरु संग पनि संगत हुने गरेको पाईएको छ।वैदेशिक रोजगारीमा जान पाओस वा नपाओस तर टिकट बिक्री गर्ने लोभले उनिहरुले यसो गर्ने गरेका हुन।सरकारले यस्ता प्रकारका ट्राभल एजेन्सीहरुको निग्रानी गरेर गल्तिको पहिचान गरि कानुनी दायरामा ल्याउन जरुरी देखिन्छ।अन्यथा समस्या झनै विकराल बन्ने र वैदेशिक रोजगारीमा जान चाहाने युवाहरुले झनै दु:ख पाउने स्थिति थपिंदै जाने छ।

यसरी कार्यदक्षताको अभाव,रहनसहन,भषा,श्रमसम्झौता अनुसारको पारिश्रमिक नपाउनु  लगाएतको विभिन्न कारणले बिदेशी भुमिमा पुगेर नेपाली युवाहरूले दु:ख पाउनुत छंदैछ तर त्यो भन्दा पहिले स्वदेशमै पनि श्रम र रोजगारीको निमित्त बिदेश जानू पहिले नेपाली युवाहरुले असंख्य दु:ख पाइरहेका छन।गैरकानुनी रुपमा सक्रिय बिचौलिया,दलाल,मेनपावर र ट्रभल एजेन्सीहरुको अत्याधिक नाफामुखी र ठगी मानसिकताको बिदेश उड्नु अघि अधिकाङ्स युवाहरुले चरम पीडा बेहोरिरहेका छ्न।यसको मुख्य कारण सत्तासीनहरु पनि हुन।देशभित्र उद्योगधन्दा,कलकारखाना खोलेर उपयुक्त श्रम र रोजगारी पनि दिन नसक्ने र त्यसका लागि बिदेशीन सहज तरिका पनि निर्माण गरिदिन नसक्ने हाम्रो सरकारी रबैया पनि दलाल,मेनपावर र ट्राभल एजेन्सीका ठगहरुको भन्दा कम छैन।सरकारले बेलैमा आँखा खोलोस अन्यथा समस्या समाधान हुँदै सहज परिस्थिति सृजना हुनुभन्दा झन बिकराल बन्दै जाने स्थिति देखापरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का