ट्राफिक प्रमुखलाई फोनः बाइकको ठूलो आवाजले आमा ढल्नुभो !

mingmar-lama७ असार, बुधबार । मंगलबार दिउँसो ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी मिङ्मार लामालाई कालिमाटीबाट अनौठो गुनासोसहितको फोन आयो । फोनमा बोल्नेले हतारिएर सुनाए, ‘यहाँ बाइकको ठूलो आवाजले एकजना आमा बेहोस भएर रोडमै ढल्नुभो । तपाईंहरुले केही त गर्नैपर्‍यो ।’

फोन गर्ने व्यक्तिले यस्ता ठूला आवाज निकाल्दै कुद्ने मोटरसाइकलको नियन्त्रण गर्न सुझाव दिँदै फोन काटे ।

 

बुधबार संसदको उपभोक्ता हित संरक्षण उपसमितिमा उपस्थित ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी लामाले सुनाए-‘हुन पनि हो, हामीले हर्न त निषेध गर्‍यौं । तर, ठूला आवाज गरेर दौडिने बाइक पनि नियन्त्रण गर्न जरुरी देखेका छौं । यस्ता बाइकले मान्छेको ज्यान नै जोखिममा पनि पारे ।’

उनले यस्तो गुनासो लगत्तै विभिन्न स्थानबाट ठठूला आवाज निकोले दौडने बाइकलाई नियन्त्रणमा लिएर अध्ययन गरेको बताए । ‘यस्ता धेरै बाइक त मोडिफाइ गरेर आवाज आउने बनाएर चलाइँदो रहेछ । केहीका भने आफ्नै आवनज नै त्यस्तो हुँदो रहेछ’ डीआईजी लामाले भने, ‘मोडिफाइ गरेकालाई कारवाही गर्न सकिन्छ । तर, कम्पनी मेड नै आवाज आउने तबरका बाइकलाई के गर्ने ?’

यसबारे यातायात ब्यवस्था विभागसँग परामर्श गरिसकेको उनले बताए । उनकाअनुसार यातायात ब्यवस्था विभागले त्यस्त्ाा बाइकलाई रिङ्गरोडभित्र प्रवेशमा रोक लगाउन सकिने बताएको छ ।

तर, त्यसको औपचारिक निर्णय भने भएको छैन । ‘काठमाडौंमा ध्वनी प्रदुषण रोक्न नो हर्न सफल भएको छ । ठूला आवाज निकालेर कुद्ने बाइकले पनि विभिन्न समस्या सिर्जना गरेका छन्’ लामाले भने, ‘केही त गर्नैपर्छ । मान्छे नै ढल्ने गरी आवाज निकाल्ने बाइकलाई नियमन आवश्यक छ ।’

पछिल्लो समयमा मोटरसाइकललाई मोडिफाइ गरेर ठूलो आवाज आउने बनाउने प्रचलन बढेको छ । ठूलो आवाज आउने बाइकलाई ‘सानदार’ मान्ने सोचका कारण यस्तो अवस्था आएको हो ।

ट्राफिक प्रहरीले ट्राफिक ब्यवस्थामा सुधार गर्न काठमाडौं महानगरपालिकासँग मिलेर विभिन्न कामहरु अघि बढाउन लागेको बताए । ‘न्युरोडको दुई साइड पार्किङलाई एक साइडमा ल्यायौं तर, सडकमा सित्तैमा पार्किङ गर्न दिएसम्म समस्या बल्झिरहन्छ’ उनले भनेका छन् ।

उनका अनुसार अहिलेसम्म अनावश्यक हर्न बजाउने ६ हजार सवारी कारवाहीमा परेको छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने