ट्रम्प र पुटिन : सिरियामा केही प्रगति हुदैछ

२६ कात्तिक, वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र रुसका सेनाले गरेको संयुक्त सैन्य समन्वय तथा कारबाहीबाट सिरियामा केही प्रगति भएको बताएका छन । भियतनाममा एपेकको सम्मेलनपछि सोही स्थानमा भएको उहाँहरुको छोटो समयको भेटपछि जारी गरिएको वक्तव्यमा सो कुरा बताइएको छ ।

Trumpउक्त बक्तव्यमा जनाइएअनुसार यी दुई देशका सेनाले गरेको समन्वयात्मक कारबाहीबाट सिरियामा धेरै आइएसका लडाकू मारिएका छन् । हाल त्यहाँ आइएसका गतिविधिहरु पहिलेको तुलनामा धेरै नै कम भएको विश्लेषण यी दुई देशको छ ।

यी दुई देशको संयुक्त सैन्य काबारही पनि बिगतमा भएको थियो । जसका कारण सिरियामा आइएसका धेरै लडाकू मारिएका छन् र यसबाट दुवै देश सन्तुष्ट छन् ।

उक्त भेटपछि जारी भएको वक्तव्य अमेरिकी विदेशमन्त्रालयको वेबसाइटमा राखिएको थियो । उक्त वेबसाइटमा दिइएअनुसार दुवै देशका सेनाले विभिन्न माध्यमबाट सञ्चार स्थापना गरेका छन् ।

सो विज्ञप्तिमा सिरियामा जारी सैन्य कारबाही मात्र भने त्यहाँको समस्या समाधानको विकल्प नभएको पनि स्पष्ट गरिएको छ । दुवै देशका नेताहरुद्वारा जारी गरिएको उक्त संयुक्त विज्ञप्तिमा भनिएको छ– सिरियामा जारी सैन्य कारबाही समस्याको समाधान होइन, समाधानका लागि त राजनीतिक निकास नै चाहिन्छ ।

सिरियामा हाल जारी हिंसाको अन्त्यका लागि अरु केही हुन सकेन भनेपनि यसको विकल्प भनेको यसअघि संयुक्त राष्ट्रसंघले अघि सारेको प्रस्ताव नं २२५४ बमोजिमको निकास निकाल्नुपर्दछ ।

उक्त प्रस्तावमा संयुक्त राष्ट्रसंघको नेतृत्वमा सिरियामा आम निर्वाचन र त्यसपछिको अवस्थामा संविधानमा संशोधन या सुधार गरी यहाँबाट भागेर शरणार्थीका रुपमा विभिन्न देशमा रहेका सिरियालीलाई सकुशल घर फर्काउनुपर्छ भन्ने व्यवस्था छ ।

सिरियामा गएको पाँचबर्षभन्दा लामो समयदेखि हिंसा जारी छ । सो हिंसाका कारण त्यहाँ साढे दुई लाख भन्दा बढी नागरिकको ज्यान गएको छ । त्यहाँको सुरुको राजनीतिक हिंसा हाल आएर गृहयुद्धमा परिणत भएको छ ।

तर त्यहाँ शान्ति स्थापनाको प्रयास भने हुन सकेको छैन । यसअघि भएका कैयौं शान्तिवार्ताहरु तथा पछिल्लो समयमा भएको जेनेभा वार्ता पनि शान्ति स्थापनाको काममा सफल हुन सकिरहेको छैन ।

यसअघि सिरिया समस्याको समाधानका लागि संयुक्त राज्य अमेरिका र रुसको संयोजकत्वमा विभिन्न समिति निर्माण हुनुका साथै सैन्य परिचालन लगायतका प्रयासहरु भएका थिए । तर ती प्रयासहरुले आजका मितिसम्म पनि सिरियामा शान्ति स्थापनाको काममा सफलता पाउन सकिरहेका छैनन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

 त्रिवि विमानस्थलमा विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालन

साउन २८, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा

एक वर्षमा वैदेशिक रोजगारीमा जान ७ लाख बढी नेपालीले लिए श्रम स्वीकृति

८ वैशाख,काठमाडौं। बितेको २०७९ सालमा वैदेशिक रोजगारिमा जाने नेपालिहरुको संख्या सात लाख नाघेको छ। गत

वैदेशिक रोजगारीमा गएकाहरुलाई निशुल्क स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिने

  १५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका

मानव तस्कर गिरोहद्धारा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको

प्रधानमन्त्री दाहालले देशकै वेइज्जत गरेकोमा प्रवासी नेपाली मञ्चद्वारा खेद व्यक्त

१६ फागुन, काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति खेद व्यक्त