ट्रम्पको नयाँ यात्रा प्रतिबन्धः ६ राज्यद्वारा प्रतिबन्ध विरुद्ध मुद्दा दायर

1485789548148फागुन २७ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने गरी जारी गरेको यात्रा प्रतिबन्धसम्बन्धी कार्यकारी आदेश विरुद्ध पाँच राज्यले मुद्दा दायर गरेका छन् ।_95062344_ban_ap976

ट्रम्पले सिरिया, इरान, लिबिया, सुडान, यमन र सोमालियाका नागरिकलाई ९० दिनसम्म नयाँ भिसा नदिने सम्बन्ध आदेश जारी गर्नुभएको हो । राष्ट्रपतिको यो आदेश विरुद्ध सबैभन्दा पहिले हवाई राज्यले संघीय अदालतमा मुद्दा दायर गरेको थियो । त्यसपछि मिनेसोटा, ओरिगन र मासाचुसेट्टस राज्यले पनि यात्रा प्रतिबन्धसम्बन्धी ट्रम्पको कार्यकारी आदेश विरुद्ध मुद्दा दायर गरेका हुन् । ट्रम्पको पछिल्लो आदेश यही मार्च १६ देखि लागु हुनेछ ।यसअघि राष्ट्रपतिको जिम्मेवारी सम्हाले लगतै गएको जनवरीमा ट्रम्पले सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी आदेश जारी गर्नुभएको थियो । तर त्यो आदेश संघीय अदालतको अवरोधका कारण कार्यान्वयन हुन नसकेपछि ट्रम्पले प्रतिबन्धित देशको सूचिबाट इराकलाई हटाएर नयाँ आदेश जारी गर्नुभएको हो । पछिल्लो ओदश पनि मुस्लिममाथिकै प्रतिबन्ध रहेको भन्दै विरोध भएको छ ।3a1a267e43304b8585698553560d13f4_18

वासिङटन राज्यले पनि ट्रम्पको ओदश विरुद्ध मुद्दा दायर गरेको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ । वासिङटन राज्यले संघीय अदालतका न्यायाधीशसँग ट्रम्पको ओदश निलम्बित गर्न आग्रह गर्ने सिएनएनले उल्लेख गरेको छ । न्युयोर्क राज्यले पनि यस विरुद्ध मुद्दा दायर गरेको छ ।

अमेरिकामा सुरक्षा खतरा बढ्ने भएकाले ६ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको ट्रम्प प्रशासनको भनाई छ । ह्वाइट हाउस प्रशासन पछिल्लो कार्यकारी आदेश सम्बन्धी मुद्दामा आफ्नो पक्षमा फैसला हुनेमा ठुक्क रहेको छ । ट्रम्पको आदेशमा सबै शरणार्थीमाथि ३ महिना अमेरिकाको यात्रामा प्रतिबन्ध लगाइने कुरा पनि उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा