February 28, 2017

टेलिकम हुदैछ ध्वस्त, कामिनी युरोप घुम्नमै मस्त: को को गए कामिनीका साथमा बार्सिलोनामा ?

14463091_1082042828515997_3720519323890900067_nकाठमाडौं । काम गर्ने भन्दा भ्रष्टाचारमा संलग्न हुनेहरु नै ठूलो मान्ने देशको नाम नेपाल हो भन्दा अव चाहिँ अत्युक्ति नहोला । १८ घण्टा लोडसेडिङबाट आक्रान्त देशलाई लोडसेडिङमुक्त गराउने जनार्दन शर्मा र कुलमानसिंह घिसिङ विदेश यात्रा गरेका छैनन् । उनीहरु दिनरात काम गरेर जनतालाई उज्यालोमा राखेका छन् । तर, नेपाल टेलिकमको दिनदिनै नाफा घटिरहेको अवस्था र प्रतिस्पर्धि एनसेलले छर्लाङ मारिरहेको अवस्थामा कामिनी राजभण्डारी भने एकवर्ष पछि सेवानिवृत हुने कर्मचारीहरु लिएर युरोप सयरमा छन् । उनी यूरोपमा सयर गरिरहँदा समान सप्लायर्सले खान बस्नका लागि सबै व्यवस्थापन गरिदिएपनि राजभण्डारी भने दोहोरो भत्तामा मस्त छिन् । उनी कम्पनीबाट दैनिक भत्ता लिएकी छन् भने भ्रमणको ठेकका लिएको समान सप्लायर्सले सबै जोहो मिलाएको एक जना कर्मचारीले बताए ।

प्रवन्ध निर्देशक बनेपछि किन चाहियो गुणस्तर एक कर्मचारीले पश्न गरे । यसरी राजभण्डारी टेलिकमको पैसामा आफ्ना श्रीमान् दिगम्बर राजभण्डारीका साथमा बार्सिलोना पुगेकी छन् । त्यसैगरी मन्त्री सुरेन्द्र कार्की चेकोभारा बस्दैछन् । सचिव महेन्द्र गुरुङ समेत गएका कारण लजिङ र फुडिङको व्यवस्था पनि सप्लायर्सले गरेका हुन् । दिल्लीमा एक रातको २ सय डलरमा बुक गरिएको होटलमा नेपाल टेलिकमले बुक गरिदियो । तर, प्रवन्ध निर्देशक राजभण्डारी भने त्यहाँ नबसी लेनदेनका लागि सजिलो हुने कारणले अन्यत्र नै बसिन् ।
बाग्लुङका सुरज थापासमेत अन्य निर्देशकहरु बार्सिलोनामा गएका थिए । यसै बीच राजभण्डारीले सिनियर कर्मचारीहरुलाई थन्काएर जुनियरलाई कमाउँ धन्दा हुने ठाउँमा सरुवा गरेकी छन् ।

विवाद हुने ठानेर बार्सिलोना जाने दिनमा ९९ अघि १३२ जना कर्मचारीहरु सरुवा गरेर आतंक मच्चाएकी छन् । उनले गरेको सरुवामा धेरै कर्मचारीहरुलार्य चित्त बुझेको छैन । स्मरणीय कुरा के छ भने नेपाल टेलिकमले सम्झौता गरेका विभिन्न कम्पनीहरुले आगमन कलबाट आउने मुनाफाको कमिसन यसरी नै मिलाउने गरेका छन् । अत देशमा जे जस्तो अवस्था भएपनि कामिनीको भ्रमणको शुभकामना टक्राएको कुरा एक जना कर्मचारीले बताए । राजभण्डारीले अहिले समम कुनै निर्णय गर्न सकिरहेकी छैनन् । उनको समयमा नेपाल टेलिकमको इतिहासमा सबैभन्दा खराब समय हुने एक जना कर्मचारीले बताए ।

पूर्व डिएमडीहरुको ग्यारेन्टीमा पदमा पुगेकी कामिनी राजभण्डारी भने एक जना मोहोरा हुन् । उनलाई ति व्यक्तिहरु जस्ले दूरसंचार संस्थानको नाममा हालीमुहाली गर्न पल्केका छन् । तिनीहरुकै कारण ध्वस्त बन्ने निश्चित भइसकेको पनि छ ।
नेपाल दूरसञ्चार संस्थान (नेपाल टेलिकम)मा तेस्रो नम्बरमा नाम निकालेकी राजभण्डारीलाई प्रवन्ध निर्देशक बनाएपछि कर्मचारी तीन छक परेका थिए । पहिलो र दोस्रो नम्बरमा ई डा. सुनिल पोखरेल र मदन खरेल थिए । अहिले राजभण्डारीको प्रस्ताव गरेको टार्जेट नपुगेपनि के भनेर मन्त्रीलाई स्पष्टीकरण दिने अप्ठ्यारोमा परेकी छन् । राजभण्डारीको प्रवेशसँगै टेलिकमको गुणस्तर खस्कदै जानुले इमान्दार कर्मचारीहरु भने चिन्तित छन् ।

तर, आफु निकट कर्मचारी सबैलाई कमाउँधन्दामा लगाएकी राजभण्डारीले इमान्दार कर्मचारीहरु कम्पनी बचाउँमा लागिपरेपनि वास्ता गरेकी छैनन् । नत उनलाई गुस्तरकै चिन्ता ? कहिले सम्म रहने हो राजभण्डारीको यो असफल यात्रा ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने