March 27, 2017

टुँडिखेलमा नेपाली सेनाले अश्वकला प्रदर्शन गर्ने

१४ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा आज घोडेजात्रा मनाइँदैछ । हरेक वर्ष चैत्र कृष्ण चतुर्दशीका मनाइने यो जात्रामा काठमाडौँको टुँडिखेलमा नेपाली सेनाले घोडादौड र अश्वकला प्रदर्शन गर्ने गरेको छ ।

घोडेजात्राको अवसरमा टुडिखेलमा आयोजना हुने औपचारिक कार्यक्रममा देशका विशिष्ट व्यक्तिहरु सहभागी हुने गर्दछन् ।

तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुरले घोडासहित त्रिशुलीमा हाम फालेको र फ्रान्समा नेपोलियन बोनापार्ट समक्ष प्रस्तुत भएको घोडादौडमा प्रथम भएको स्मरणमा टुडिखेलमा रहेको जंगबहादुरको शालिक अवलोकन गर्ने चलन छ ।

घोडेजात्राको बेग्लै धार्मिक किंवदन्ती पनि रहेको छ । टुण्डी नामका राक्षसले सहरका बालबालिकालाई दुःख दिन थालेपछि घोडाको टापले राक्षसलाई दबाएर राखिएको किंवदन्ती छ । त्यस्तै कहिल्यै थकित नहुने घोडालाई हेरेर मानिसले पनि आफूलाई तन्दुरुस्त राख्न यो दिन घोडालाई मनपर्ने चना घाँस आदि दिएर धन्य सम्झने चलन छ ।

घोडेजात्राको अवसरमा सरकारले उपत्याकामा सार्वजनिक विदा दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की