October 25, 2017

झापा ५ मा केपी ओलीविरुद्ध विश्वप्रकाशलाई उठाउने तयारी

८ कात्तिक, झापा – नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि झापा ५ मा एमाले अध्यक्ष केपी ओलीविरुद्ध युवानेता विश्वप्रकाश शर्मालाई उठाउने तयारी गरेको छ ।कांग्रेस संसदीय समितिले बुधबारबाट दोस्रो चरणको टिकट वितरणबारे छलफल थालेको छ । नेताहरुका अनुसार झापा ५ मा शर्मालाई उम्मेदवार बनाउने तयारी छ ।

शर्माको आफ्नो क्षेत्र झापा १ हो । उनले यो पटक पनि त्यहीँ चुनाव लड्ने तयारी गरेका थिए । तर, पछिल्लो समय कांग्रेस नेतृत्वले शर्मालाई क्षेत्र नम्बर ५ मा जान प्रस्ताव राखेको छ ।

वाम गठबन्धनबाट झापा ५ मा ओली उम्मेदवार बन्दैछन् । उनीविरुद्ध चुनाव लड्न कांग्रेसका धेरै नेता तयार छैनन् । दोस्रो संविधानसभामा ओलीसँग चुनाव लडेका सुरेश सुब्बा समानुपातिकमा बसेका छन् भने ०६४ मा हारेका महेन्द्र सुब्बा पनि तयार छैनन् ।

जिल्ला कार्य समितिले यो पटक झापा ५ बाट पूर्वमन्त्री केशव बुढाथोकी र रामकुमारी पौडेलको नाम सिफारिस गरेको छ । तर, दुबै नेताहरु ओलीविरुद्ध चुनाव लड्न तयार नभएपछि शर्मालाई अघि सार्न लागिएको एक नेताले बताए ।

शर्मा भने ओलीसँग लड्न तयार देखिएका छन् ।

कमजोर उम्मेदवार उठाउँदा एमाले अध्यक्ष ओली आफ्नो चुनाव क्षेत्र छाडेर अन्यत्र चुनाव प्रचारमा जान सक्छन् । यदि विश्वप्रकाशलाई उम्मेदवार बनाउँदा कडा प्रतिस्पर्धा हुने र उनी आफ्नै चुनाव क्षेत्रमा केन्दि्रत हुनुपर्ने अवस्था आउने कांग्रेसको विश्लेषण छ ।

यो क्षेत्रमा दमक नगरपालिका, कमल गाउँपालिकाका साथै गौरादहको १ देखि ८ नम्बर वडा र गौरीगञ्ज गाउँपालिकाका ३ देखि ६ वडाहरु पर्छन् ।

हालै सम्पन्न स्थानीय चुनावमा दमक नगरपापलिका एमालेले जितेको छ भने कमलमा कांग्रेस र एमालेले समान मत पाएपछि गोला हानिएको थियो, जसमा एमालेले बाजी मार्‍यो ।

यस्तै गौरादहमा कांग्रेस र गौरीगञ्जमा राप्रपाले स्थानीय तहको प्रमुख जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने