झापा पुगेका ओलीमाथि जनकपुरबाट बाबुरामको हमला

फागुन २१, जनकपुरधाम– सिके राउत र एमाले अध्यक्ष केपी ओली एकै सिक्का दुई पाटा भएको नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले आरोप लगाएका छन् । ओली अहिले पार्टीको १५ दिने मेची–महाकाली अभियानको क्रममा झापामा रहेका छन् ।

नयाँ शक्ति नेपाल धनुषाले शनिवार जनकपुरमा आयोजना गरेको धनुषा जिल्ला स्तरिय राजनीति ध्रुविकरण एवम् पार्टी प्रवेश कार्यक्रममा बोल्दै भट्टराईले अहिलेको चुनावको घोषणा जनतालाई ठग्नु सरह रहेको समेत बताए ।

मधेशी जनजाती, थारु लगायतकालाई चुनावमा जाने वातावरण नबनाएसम्म चुनाव घोषणा गर्नु सत्ता लम्ब्याउनका लागि मात्र भएको उनको आरोप छ ।

भट्टराईले सीमांकन विना चुनाव असम्भव हुने भएकोले मधेसी मोर्चाले राखेको माग तत्काल पूरा हुनुपर्ने धारणा राखे ।

उनले सत्तामा रहेका माओवादी, कांग्रेस र विपक्षमा रहेका एमालेले भित्री रुपमा सत्ता समीकरण बनाइरहेको तर बाहिरि रुपमा भने चुनावको घोषणा गरेको आरोप लगाउँदै स्वतन्त्र चुनाव गराउनका लागि सर्वदलिय सरकारको आवश्यकता रहेकोमा जोड दिए ।

भट्टराईले नेपालको जग वसाल्ने मधेशी नै रहेको दाबी गर्दै मधेशी भन्दा ठुलो राष्ट्रवादी कोहि नभएको वताए ।

जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा भएको सो कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ३ सयको हाराहारीमा नेता तथा कार्यकर्ताहरु नयाँ शक्ति पार्टीमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई पार्टी संयोजक बाबुराम भटराईले फुलमाला तथा अविर लगाएर पार्टी प्रवेश गराएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने