रुकुम । रुकुमको चौरजहारी नगरपालिकाका लक्षित वर्गले चालु आव २०७३÷०७४ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता अझै पाउन सकेका छैनन् ।
बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अभ्यास थालिएपछि दोस्रो किस्ता पाउने समयसम्म पनि लक्षित वर्गले गत साउनदेखिको भत्ता अहिलेसम्म पनि पाउन नसकेका हुन् । अघिल्लो वर्षतिर समयमै भत्ता पाउने गरेको भए पनि यो वर्ष भने समयमै भत्ता नपाएको चौरजहारी–७ का ७२ वर्षीय नरबहादुर खत्रीले बताए ।
पटकपटक बैंकमा जाँदा पनि सुरक्षा भत्ता पाउन नसकेको लक्षित वर्गको गुनासो छ । एक महिनासम्म बैंकमा खाता खोल्ने समय लागेको र त्यसपछि मन्त्रालयमा इन्ट्री गर्नुपर्ने भएकाले भत्ता वितरणमा ढिलाइ भएको चौरजहारी नगरपालिकाका कार्यकारी अधिकृत महेशकुमार गुरुङले बताए। अहिले नगरपालिकाभित्र सामाजिक सुरक्षा भत्ता पाउने एक हजार ६९ जना व्यक्ति रहेको उनले जानकारी दिए ।
बैंकमा पैसा जम्मा भइसकेको र अब केही सामान्य कुरा मिलाएर छिट्टै प्रत्येकको खातामा पैसा जम्मा गरिने कार्यकारी अधिकृत गुरुङले बताए । रासस
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।