October 20, 2019

ज्यान लिने धम्कि दिएर सभामुख बिरुद्ध बोल्न लगाइयो’

रोशनी शाहीको खुलासा– ‘आफू र श्रीमानको ज्यान लिने धम्कि दिएर सभामुख बिरुद्ध बोल्न लगाइयो’

काठमाडौँ,  । सभामुख कृष्णबहादुर महरामाथि आरोप लगाउने महिला रोशनी शाहीले नै महरामाथिको आरोप कपोकल्पित भएको बताएकी छिन् । उनले आफुलाई प्रयोग गरेर महरालाई फसाउन लागिएको स्पष्टोक्ति दिएकी छिन् ।

उनले महरा निर्दोष र रहेको र आफु प्रयोग भएको कुरा आफ्नौ फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् । उनले काँग्रेसी मिडियाले आफुलाई जबरजस्ती सभामुखको बिरुद्धमा बोल्न लगाइएको बताएकी छिन् । आफु र आफ्नो श्रीमानको ज्यान लिने धम्कि दिएर आफुलाई जबरजस्ती महराको बिरुद्धमा बोल्न लगाइएको बताएकी छिन् । बुधबार विहान फेसबुकमार्फत ती तत्वहरुसँग अब नडराउने बरु उनिहरुको पर्दाफास गर्ने चुनौती दिँदै लेखेकी छिन्, ‘अति गर्नु अत्याचार नगर्नु’

‘ सभामुखमाथि लगाइएको आरोप झुठ, कपोकल्पित, उनलाई सत्ताबाट पदच्युत गर्न गरिएको डिजाईन हो । जसको लागि मलाई प्रयोग गरियो । डर त्रास र धम्कीबाट तैले महरालाई बलात्कारको आरोप लगाइनस भने म र मेरो श्रीमानको ज्यान लिने धम्कीका कारण मैले नचाहँदा नचाहँदै पनि झुठ बोलेको हुँ । एउटा काँग्रेसको मिडिया म बसेको ठाउँ पत्ता लगाउँदै आयो । त्यही भिडियोको कुरालाई लिएर सभामुख निर्दोष हुँदाहुँदै पनि दोषी ठहर्याइयो । महरा सरले रक्सी ल्याएको पनि छैन न त उनि कुनै महिलाको कोठामा नै गएका छन् । सत्य सत्य नै हो र सत्य यही हो ।’ उनले फेसबुकमा लेखेकी छिन् ।

शाहीले महराको बदनाम गराउने खेलमा उपसभामुख नै लागेको समेत आरोप लगाएकी छिन् । उनले फेसबुकमा लेखेर सभामुख बन्नका लागि उपसभामुखले नै विभिन्न प्रप्रञ्च रचेको बताएकी छिन् । ‘मलाई भाइरल हुने कहिल्यै चासो भएन, महरा सरले न्याय पाउनुहुन्छ , उनले लेखेकी छिन्, ‘उहाँलाइ बदनाम गराउने उप देखि उपसम्म हुन् ।’

आफ्नो डेरा पत्ता लगाएर रातको समयमा आउने पत्रकारलाई उनले रअको पत्रकार समेत भनेकी छिन् । फेसबुमा उनको फोटोसहितको समाचार शेयर गर्दै उनले लेखेकी छिन्, यही चोर हो मेरो कोठा पत्ता लगाएर मलाई जबरजस्ती महराको बिरुद्धमा बोल्न बाध्य बनाउने रअ पत्रकार’ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर