जोखिममा प्रहरी: कोरोना संक्रमित प्रहरीको संख्या २० पुग्यो

जेठ १६, काठमाडौं : पछिल्लो समयमा नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा प्रहरी समेत संक्रमणको जोखिममा परेका छन् ।

दिनप्रदिन संक्रमितको संख्या बढ्दै गइरहँदा हालसम्म २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । सप्तरीमा एक प्रहरीमा कोरोना पुष्टि भएसँगै बिहीबार साँझसम्म संक्रमित प्रहरीको संख्या २० पुगेको हो । यसअघि बारामा ७, धनकुटामा २, काठमाडौंमा २, धनुषामा २, कपिलवस्तु २ बाँकेमा २ सप्तरीमा २ जनामा संक्रमण पुष्टि भएको थियोे ।

यस्तै कालीमाटीका २३१ प्रहरीमध्ये ११६ जनाको आरडीटी परीक्षणको नतिजा नेगेटिभ आएको छ । बाँकी ११५ जनाको रिपोर्ट आउन बाँकी छ । वृत्त कालीमाटीमा कार्यरत एक सई र प्रहरी जवानमा कोरोना देखिएपछि वृत्तमा कार्यरत तथा उनीहरुसँग सम्पर्कमा आएका २ सय ३१ जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो। जसमध्ये १ सय १६ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

रिपाेर्ट नेगेटिभ आएपनि संक्रमितको सम्पर्कमा आएका सबै प्रहरी कार्यालयमै क्वारेन्टाइनमा छन् । एक सातादेखि महानगरीय प्रहरी वृत्त कालीमाटी सिल छ। डिएसपीदेखि जवानसम्मलाई वृत्तमा क्वारेन्टाइनमा राखिएको छ। वृत्तका सबै प्रहरी क्वारेन्टाइनमा भएपछि अहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरी र अन्य ठाउँबाट सुरक्षाकर्मी ल्याएर सुरक्षामा खटाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने