जेठदेखि लाइसेन्सको परीक्षा खुकुलो हुने

काठमाडौं,चैत १९, काठमाडौं । यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा खुकुलो बनाउने भएको छ । यसअघि १ सय पूर्णांकको हुने उक्त परीक्षामा पूरै अंक ल्याउनुपर्ने प्रावधान रहेकोमा अब परीक्षार्थीले ७० अंकसम्म मात्र ल्याए पनि लाइसेन्स दिने गरी मूल्यांकनको आधार बनाइएको छ 

विभागले गत पुस अन्तिम साता सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि २०७७ बनाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको थियो । उक्त कार्यविधिलाई मन्त्रालयले स्वीकृत गरेको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए । ‘मन्त्रालयले स्वीकृति दिएसँगै जेठ १ गतेदेखि नयाँ मापदण्डअनुसार परीक्षा सञ्चालन गर्नेगरी तयारी अघि बढाएका छौं,’ उनले भने ।

विभागले विभिन्न ८ चरणमा लाइसेन्सका लागि परीक्षा लिने गरेको छ । यसअघि उक्त चरणमा कुनै पनि एक गल्ती भएमा उक्त व्यक्ति लाइसेन्सका लागि अयोग्य भएको मानिन्थ्यो । तर, नयाँ मापदण्डअनुसार विभागले मूल्यांकनका लागि अंक विभाजन गरेको छ । विभागका अनुसार घुमाउरो आठ बनाउने चरणमा २० पूर्णांक रहेकोमा एकपटकसम्म अंकित रेखामा छोएमा र भुइँमा खुट्टा टेकेमा क्रमशः ५/५ अंक मात्र घटाइनेछ । युटर्न इन्डिकेटर लाइट र ट्राफिक संकेतको पालना नगरेमा यसबाट पाइने जम्मै पूर्णांक अर्थात् क्रमशः १० र १५ अंक काटिनेछ । उबडखाबड चरणमा एकपटकसम्म भुइँमा टेकेमा र सवारी स्टार्ट बन्द भएमा ५/५ अंक काटिनेछ । अस्वाभाविक रूपमा सवारी चलाएमा र ब्रेक, टायर तथा ऐनाको निरीक्षण नगरेमा ३/३ अंक अनि हेल्मेटको लक नलगाएमा ४ अंक काट्नेगरी अंक विभाजन गरिएको छ । विभागले उकालोमा २० र साँघुरो फलेक चरणमा १० अंक राखेको छ । यसमा गल्ती भएमा जम्मै अंक काटिनेछ । यीमध्येबाट चालकले कुल गरी ७० अंक मात्र प्राप्त गरे पनि सवारी चालक अनुमतिपत्रका लागि योग्य ठहरिने विभागका प्रवक्ता भुसालले बताए । 

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।