जिल्ला वन कार्यालयको आदेशमा सङ्गठित रुपमा बन फडानी

ban-fadani-copyवैशाख २०, इटहरी / मोरङ्ग जिल्लाको सुन्दरहरैचा नगरपालिका स्थीत विराटचोक उत्तरमा रहेको चारकोशे जङ्गल क्षेत्र यतिखेर जिल्ला बन कार्यालय मोरङ्गको आदेशमा सङ्गठित रुपमा नै फडानी भएको देख्दा हरियो बन नेपालको धन भन्ने नारा लाइ अहिले मोरङ्ग जिल्लामा भने हरियो बन, कर्मचारीको धनमा रुपान्तरण भएको पाईएको छ । बन जोगाउन ज्यानको बाजी लगाएर अहोरात्र खटेका स्थानीय उपभोक्ताहरु ढलेका रुख हेरेर रुनु बाहेक केही गर्न नसक्ने बाध्यतामा विवश बनिरहेका छन ।
सलकपुर सेक्टर बन कार्यालयमा कार्यरत बन रक्षकहरु नारायणबहादुर कार्की र जय खतिवडाको नेतृत्वमा विद्युतीय आरा प्रयोग गरेर लाथ्रादेखि ठूल ठूला गोलाईका रुपमा सोत्तर पारिदै छ ।
जिल्ला बन कार्यालय मोरङ्गले साझेदारी बन अवधारणा कार्यान्वयन गर्दै स्थानीय उपभोक्ताहरुले जोगाएको नबमाथि नाङ्गो हस्तक्षेप गर्दै बैज्ञानिक बन ब्यवस्थापनको नाममा रुख कटानको बोलपत्र नै जारी गरेर बन कटान गरिरहेको छ । बन कार्यालयले आफै बसेर कटान गर्दै गरेका ती रुखहरु टुना पारेर आफैले घाटगद्दी नगरेर हिमाल काष्ठ उद्योग सञ्चालक मेख बहादुर राईलाई दिएर उनकै काठ मिलमा घाटगद्दी गराईरहेको छ । यसले बन कार्यालयको कामप्रति गम्भीर आशङ्का पैदा गरिदिएको स्थानीय उपभोक्ताहरुको गुनासो रहेको छ ।
जनचेतना सामुदायिक बन उपभोक्ता समुहले कहाली लाग्दो ढङ्गले बन फडानी गरेर बन बिनास गरिरहेको सहन नसकेर त्यो क्षेत्रमा पुगेर लोड हुँदै गरेका केही ट्याक्टर नियन्त्रण लिने प्रयास गरेका छन । तर सयौको सङ्ख्यामा रुख कटान गर्ने ढालिएका रुख टुना पर्ने र ट्याक्टरमा लोड गर्नेदेखि अन्य दाउरा कटान गर्ने जस्ता कार्यमा सम्लग्न सयौ उपभोक्ताहरुमाथि जाई लाग्ने दुष्प्रयास समेत गरेका थिए ।
जनचेतना सामुदायिक बन उपभोक्ता समुहले जगेर्ना गर्दै आएको त्यो बनलाई जिल्ला बन कार्यालयले साझेदारी बनमा अलग्याएर जङ्गल सखापै पार्न थालेपछि आक्रोसित बन्न पुगेको समुहका अध्यक्ष खड्गबहादुर श्रेष्ठले बन कार्यालयको खुलेआम ज्यादतीले बन फडानी भएको देख्दा हेर्नै नसक्ने अवस्था पैदा भएको दुखेसो पोख्नुभयो । समुहका सचिव पुष्प भुजेलले राज्यले नै नाङ्गो हस्तक्षेप गरी यसरी जङ्गलमाथि आक्रमण हुनु यो देशमा राज्यले बन विनासको तस्करी गर्न उद्दत बनेको गुनासो गर्नुभयो ।

तिब्रगतिमा अर्बौको बन फडानी भएको देख्दा मन नै थाम्न सक्ने भएको सलकपुर सामुदायिक बन समुहकी उपाध्यक्ष पुष्पा खत्रीले यस्तो पनि देख्नु पर्यो भन्द यो देशमा सरकारी निकाय नै तस्कर बनेको देख्दा लाज लाग्न थालेको गुनासो गरिन ।

तिब्रगतिमा अर्बौको बन फडानी भएको देख्दा मन नै थाम्न सक्ने भएको सलकपुर सामुदायिक बन समुहकी उपाध्यक्ष पुष्पा खत्रीले यस्तो पनि देख्नु प¥यो भन्द यो देशमा सरकारी निकाय नै तस्कर बनेको देख्दा लाज लाग्न थालेको गुनासो गरिन । सलकपुर सेक्टर बनका रक्षकहरु नारायणबहादुर कार्की र जय खतिवडाले यो बन कार्यालयबाट नै सरकारी नीति तथा योजना अनुसार जङ्गलको बैज्ञानिक ब्यवस्थापन गरी काम नलाग्ने अवस्थामा पुगेका रुखहरु झिक्ने नीति अनुसार कटान गरेर निकाल्ने कार्य भई रहेको बताए । दुवै बन रक्षकहरुले सामुदायिक बन समुहलाई मौखिक जानकारी दिएको भने पनि जनचेतना सामुदायिक बन समुहका अध्यक्ष खड्गबहादुर श्रेष्ठ र सचिव पुष्प भुजेलले आफुहरुलाई आधिकारिक रुपमा कुनै जानकारी नै नभएको भन्दै बन रक्षकहरुको भनाईको ठाडो प्रतिकार गरेका थिए ।
सामुदायिक बन उपभोक्ता समुहसँगै बन फडानी भएको स्थानमा पुग्नु भएका सामुदायिक बन उपभोक्ता समुह महासङ्घ मोरङ्गका अध्यक्ष अग्नि पौडेलले सामुदायिक बन नीति अनुसार ढलापडा काम नलाग्ने लगायतका रुख निकाल्ने सकिने प्रावधान भएको भए पनि यसरी जङ्गल नै खाली पार्ने गरी बन कार्यालयले जङ्गल फडानी गर्नु चाहि कुनै पनि हालतमा न्यायोचित मान्न नसकिने बताए ।
जनचेतना सामुदायिक बन उपभोक्ता समुहले माओवादी जनयुद्धकालको कहाली लाग्दो अवस्थामा समेत कसैलाई एउटा पनि रुख काट्न नदिई जोगाएको बन सखाप हुने गरी कटान भएको तर्फ सेक्टर बन कार्यालय सलकपुरका रेन्जर लालबहादुर माझीसँग सोध्दा यो सरकारको बन बिभाग अन्तर्गतकै नीति र योजनामा भएकाले यसलाई गैर कानुनी वा विरोध गर्नुको कुनै तुक नभएको बताए ।
जनचेतना सामुदायिक बन उपभोक्ता समुहले संरक्षण गरेको ५ हेक्टर जमिन क्षेत्रबाट बन कार्यालयले १४ हजार ९१ क्यूफिट काठ निकाल्ने निधो अनुरुप कार्य भईरहेको बताएको छ । त्योसँगै अझै गछियाखोला पूर्व हुँदै लोहन्द्रा खोला पश्चिमको चारकोशे जङ्गल क्षेत्रबाट थप चार स्थानबाट यस्तै परिमाणमा जङ्गल फडानी गरेर रुख निकाल्ने काम भई रहेको पनि बन रक्षहरुले थप जानकारी दिए ।
रुख कटानको दृष्य देख्दा मन नै थाम्न नसक्ने अवस्थामा पुगेका जनचेतना सामुदायिक बन समुहले बन फडानी रोक्न अदालतसम्म पुग्ने तयारीमा लाग्ने पनि जानकारी दिएका छन । बन कार्यालयले जङ्गल सखाप पार्ने गरी फडानी गरिरहेको कार्यले सर्वसधारण हामी जङ्गल जोगाउन अहोरात्र खटिएका उपभोक्ताको मन रुवाएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न