जापानले दुनियाँकै सबैभन्दा शक्तिशाली ‘सुपरकम्प्युटर’ बनाउदै

साउन,जापानले विश्वकै द्रुतगतिको सुपर कम्प्युटर बनाइरहेको छ । यदि यसमा सफल भयो भने जापान बौद्धिक अनुसन्धानको हब (केन्द्र) नै बन्ने आशा गरिएको छ । सुपरकम्प्युटरको गति १३० पेटाफ्लप्स रहनेछ ।यो भनेको एक सेकेण्डमा एक सय ३० मिलियन बिलियन अर्थात् १३० क्वाड्रिलियन क्यालकुलेसन गर्ने उच्च गति हो ।

कम्प्युटर आगामी २०१८ को अप्रिलसम्म बनाइने लक्ष्य राखिएको छ । यदि निर्धारित मितिमै पूरा भयो भने एई ब्रिजिंग क्लाउड इन्फ्रास्ट्रक्चर (एबीसीआई) कम्प्यूटर यो दुनियाँकै सबैभन्दा शक्तिशाली सुपरकम्प्युटर हुनेछ । यदि यो सफल भएमा चीनको सनवे टाइहुलाइटलाई समेत यसले पछि पार्नेछ । जुन अहिले ९३ पेटाफ्लप्समा चल्छ ।

सुपरकम्प्युटर

केले शक्तिशाली बनाउँछ कम्प्यूटरलाई ?
त्यसो त एबीसीआई कम्प्यूटरमा माउस र स्क्रिन हुनेछैन । यद्यपि यो कम्प्यूटर व्यक्तिगत प्रयोजनको कम्प्युटरभन्दा खासै फरक पनि हुनेछैन । हुनेछ त केवल तीव्रगति र ठूलो आकारको । अहिलेको सुपरकम्प्यूटर सिस्टम भनेको वर्तमान समयमा प्रयोग भइरहेको व्यक्तिगत प्रयोजनको कम्प्यूटरभन्दा १० लाख समय छिटो रहेको छ ।

जापानको राष्ट्रिय इन्स्टिच्युट अफ एडभान्स्ड इन्डस्ट्रियल साइन्स एण्ड टेक्नोलजीका डाइरेक्टर जनरल (महानिर्देशक) सातोसी सेकिगुचीले भने । उनका अनुसार एउटा सुपरकम्प्युटरले एक दिनमा गर्ने काम एउटा व्यक्तिगत कम्प्युटरले ३ वर्षमा मात्रै पूरा गर्नसक्छ । जापानले अहिले बनाइरहेको एबीसीआई सुपरकम्प्युटरको आकारको कुरा गर्ने हो भने यसले ३० देखि ४० वटा कार पार्किंग गर्दा ओगट्ने स्थान यो कम्प्युटरले ओगट्छ ।

यसका लागि केचाहिँ उपयोगी हुन्छ त ?

सेकिगुचीका अनुसार यो सुपर कम्प्युटरले चालकरहित कार, रोबोटिक र मेडिकल उपचारहरुको विकास र सुधारमा सहयोग गर्नसक्छ । ती क्षेत्रहरुको विकास एवं विस्तारको लागि सुपरकम्प्युटर एकदमै महत्वपूर्ण हुने उनको भनाइ छ । यसमा रहेको सुपरसोनिक (ध्वनिभन्दा छिटो) गतिले जापानमा मानवीय प्रतिभाजन्य प्रविधिको विकासमा ठूलो सघाउ पुग्ने विश्वास गरिएको छ । त्यसो त यसले ससाना दैनन्दिन आविष्कारमा पनि ठूलो मद्दत गर्दछ ।

१७३ मिलियन डलर खर्च गर्दै जापान !

जापानको अर्थ, व्यापार र उद्योग मन्त्रालयले १९.५ बिलियन अर्थात् १७३ मिलियन डलर यो सुपरकम्प्युटर र दुई वटा अनुसन्धान केन्द्रका लागि खर्च गर्दै छ । यो भनेको झण्डै पौने १८ अर्ब नेपाली रुपैयाँ हो । औद्योगिक क्षेत्रमा प्रतिस्पर्धाका लागि यस्ता मानवीय आविष्कार आवश्यक भइसकेको छ । अहिले जापानी फर्महरुले अमेजन, माइक्रोसफ्ट वा गुगलबाट ठूलो सहयोग लिइरहेकामा यो कम्प्यूटर बनेपछि यसको अन्त्य हुनेछ ।

सबैभन्दा माथि रहने प्रतिस्पर्धा ?

जापानको के कम्प्यूटरको गति १० पेटाफ्लप्स रहेको छ, यसले सन् २०११ मा विश्वकै तीव्र गतिको रहेको दाबी गरेको थियो । त्यतिबेला ६ महिनासम्म मात्रै यो सबैभन्दा माथि रहन सफल भएकोमा पछि चीन र अमेरिकाले योभन्दा शक्तिशाली सुपरकम्प्युटर बनाएपछि यो कम्प्युटर पछि परेको थियो ।यद्यपि सेगिकुची भने यो तीव्र गतिको सुपरकम्प्युटर निर्माणलाई प्रतिस्पर्धा गर्न नबनाइएको दाबी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग