जापानले गर्यो गृहमन्त्री शर्माको प्रसंसा

साउन १९, काठमाण्डौं – गृहमन्त्री जनार्दन शर्मा र नेपालका लागि जापानी राजदुत मासासी ओगावाबीच भेटघाट भएको छ । गृह मन्त्रालयमा भएको शिष्टचार भेटमा गृह मन्त्री शर्माले जापान सरकारले नेपालको आर्थिक विकासमा पुर्याएको योगदानको प्रसंसा गरे ।

IMG_7915

शर्माले जापान सरकारले विशेष गरी नेपालमा विपद व्यवस्थापनमा गरेको उल्लेख्य सहयोगबारे चर्चा गर्दै, छिट्टै सो कार्यका लागि स्वयमसेवकहरु पनि तयार गर्ने जानकारी गराए । उनले अब उद्धार कार्यमा स्थानिय जनतालाई समेत सहभागी गराउने योजना रहेको बताउदै, त्यसमा पनि जापान सरकारले सहयोगि हात बढाउने अपेक्षा गरेको बताए ।

साथै उनले लुम्बिनीमा एउटा अन्तराष्ट्रिय विमानस्थल बनाएर जापानका बौद्ध धर्मावलम्बीहरुलाई आगमन झनै सहज बनाउने सोच रहेको उल्लेख गरे । गृहमन्त्री शर्माले मौसमका कारण माघ ७ गतेभन्दा पहिले मंसिर भित्रै निर्वाचनहरु शान्तिपुर्ण तरिकाले सम्पन्न गर्ने योजना रहेको बताए । त्यसैगरी नेपालका लागि जापानी राजदुत मागासी ओगावाले दोस्रो चरणको स्थानिय निर्वाचन शान्तिपुर्ण ढंगले सम्पन्न गरेकोमा गृह मन्त्री शर्मालाई बधाई दिए ।

जापानी राजदुत ओगावाले निर्वाचनका क्रममा १३ वटा मतदान केन्द्रमा अवलोकन कार्यमा सहयोग गरेको जानकारी गराउदैँ आगामी तेस्रो चरणको स्थानिय, प्रदेश र प्रतिनिधी सभाका निर्वाचनहरु पनि शान्तिपुर्ण तरिकाले सम्पन्न गराउन् शुभकामना दिए । यसैक्रममा जापानी राजदुतले बर्षेनी करिब २० हजार जापानी पर्यटहरु भ्रमणका लागि नेपाल आउने गरेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी