जाडाेमा यौनाङ्गकाे सरसफाइ कसरी गर्ने ?

1अहिले पनि अधिकांश मानिसहरु यौन र यौनागंको विषयमा खुलेर कुरा गर्न चाहँदैनन् । शरीरको निके संवेदनशील मानिने यौनाङ्गका बारेमा सोच्नु पनि नराम्रो मानिन्नछ हाम्रो समाजमा ।

तर जति नै यसको विषयमा मानिसहरु लजालु बन्दै जान समस्याहरु उतिनै बढ्दै जान्छन् । अझ यौनाङ्गको सरसफाई झनै महत्वपूर्ण हुन्छ । अधिकांश मानिसहरुले यौनाङ्गको सरसफाई भन्दा बयस्कहरुको मात्र भन्ने सोच्ने गरेका पाइन्छन् ।

यो गलत हो । बच्चादेखि वृद्धसम्मका मानिसहरुले यौनाङ्को सफाइमा ध्यान दिनुपर्ने स्वास्थ्यविज्ञहरु बताउँछन् । आज हामी जाडोको मौसममा महिला प्रजनन् अङ्गको सरसरफाईको बारेमा चर्चा गर्दै छौं ।

– महिनावारीको समयमा सबैले सेनेटरी प्याडहरु प्रयोग गर्नुहुन्छ भन्ने छैन तर कपडाहरु त प्रयोग त गर्नुहुन्छ । त्यस्तो अवस्थामा सुतीको कपडाहरु प्रयोग गर्नुपर्दछ । यसले महिनावारीको रगतलाई सोस्ने गर्छ । सुतीको कपडा प्रयोग गर्दा ध्यान भने अवश्य पुर्याउनुपर्छ ।

– संक्रमण हुने मुख्य समय र कारण नै त्यहि बेला हो । त्यसैले महिनावारीको समयमा सरसफाईमा बिशेष ध्यान दिनु आवश्यक हुन्छ ।

– जाडोको समयमा यदि नुहाउनमा समस्या भएमा मनतातो पानीमा थोरै मात्रामा डेटोल वा बेटाटिन पानीमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।

– यसले योनीमा हुने संक्रमणबाट जोगीनको लागि मद्दत गर्छ तर बेटाटिन वा डेटोल ले नै योनी सफा गर्नु भने हुदैँन ।

– सामान्यतया हामीले बाहिर लगाउने कपडाहरु एकदुई दिनमा धुन्छौँ भने भित्री कपडाहरु दिनैपिच्छै सरसफाई गर्नु आवश्यक हुन्छ ।

– भित्री कपडाहरुलाई सरसफाई गर्दा सरफ पानीमा भिजाएर राम्रोसँग धुनुहोस् । जब निचोरेर सुकाउने बेला हुन्छ, आधा घण्टा डेटोल पानीमा भिजाएर घाममा सुकाउनुहोस् ।

यसो गर्नाले कपडा सफा पनि हुने भयो सँगसँगै किटाणुहरु पनि नरहने भए । यी उपायहरु अपनाई सरसफाई मा एकदम ध्यान पुर्याउनुभएमा यौनजन्य संक्रमणबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि