जाडोमा बढ्दै छालाको समस्या

काठमाडौं कात्तिक ३० गते । जाडोयाम सुरु भएसँगै बालबालिकादेखि वृद्धसम्म छालाको समस्या देखिने गरेको छ । छाला सुक्खा हुने, रातो हुने, फुट्ने, खस्रो हुने समस्या देखिने गरेको छ । थोरै मात्र चनाखो हुन सके यसबाट छुटकारा पाउन सकिने विज्ञहरूले सुझाउनुभएको छ ।
जाडो मौसम छालाका लागि अनुकूल मानिँदैन । छालारोग विशेषज्ञ डा. मेलिना अमात्यले भन्नुभयो, “यो समयमा बाहिरी वातावरण सुक्खा हुनाले छालामा सोझो असर गर्छ । अझ काठमाडौँ वा सहरी क्षेत्रमा धुलो, धुवाँले छालालाई थप नोक्सान पु¥याउँछ । बाहिरी चिसो र भित्री तातोको सन्तुलन नमिल्दा त्यसको प्रभाव छालामा देखिन्छ । त्यसैले जाडोयाममा छालाको सौन्दर्य कायम राख्न बढी सजग हुनुपर्छ ।”

उहाँका अनुसार विशेषगरी संवेनदशील छाला भएकालाई यस्तो समस्याले झनै सताउँछ । जाडोमा छालासम्बन्धी समस्याबाट जोगिन विभिन्न उपाय अपनाउन सकिन्छ । डा. अमात्य जाडोमा छाला सुक्खा हुनेबित्तिकै जे पायो त्यही क्रिम प्रयोग गर्दा समस्या समाधान हुनुको साटो झन् बढ्ने भएकाले सावधानी अपनाउन सुझाव दिनुहुन्छ । उहाँले कतिपयलाई छालाको एलर्जीसमेत हुने भएकाले जाडोमा लगाइने क्रिम (मोइस्चराइजर) छनोट गर्दा निकै विचार पु¥याउनुपर्ने बताउनुभयो । सबैको छाला एकै किसिमको नहुने हुनाले आफ्नो छालाअनुसारको क्रिम छनोट गर्नुपर्ने उहाँको सुझाव छ ।

डा. अमात्यले भन्नुभयो, “जाडो होस् वा गर्मी, छालाको सुरक्षाका लागि अनिवार्य रूपमा सनस्क्रिन प्रयोग गर्नुपर्छ । यसले छालालाई सूर्यको किरणबाट बचाउँछ ।”
अर्का छालारोग विशेषज्ञ डा. धमेन्द्र कर्णले जाडोमा छाला रुखो, फुट्ने, सुक्खा हुने समस्या हुनुका साथै छाला चिलाउने, छालाको पत्र निस्कने, अनुहारमा चायाँ, पोतो आउने समस्या हुने जानकारी दिनुभयो । डा. कर्ण पर्याप्त मात्रामा पानी वा झोलिलो खानेकुरा खानुका साथै अनुहारमा तातोपानीको वाफ लिनु उपयुक्त हुने बताउनुहुन्छ । छाला स्वस्थ राख्ने भन्दा हामी छालाको बाहिरी स्याहारमा मात्र ध्यान दिन्छाँै तर यसमा आन्तरिक रूपले नै सचेत हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल