October 5, 2020

जाजरकाेटकाे एक विद्यालयमा आगजनी

जाजरकोट,  असाेज १९ः गत असाेज १४ गते राती छेडागाड नगरपालिका ६ सुवानाउली स्थित जनबिकास माध्यामिक विद्यालयमा तोडफोड गरिनुका साथै आगजनी गरिएको छ ।

निम्ना माध्यामिक तहको नेपाली विषयको राहत दरवन्दीमा रिक्त पदपुर्तिका लागी विद्यालयले विज्ञापन गरेको थियो । उक्त पदका लागी स्थानिय सात जना परिक्षार्थी समावेश भएका थिए । रिक्त पदपुर्तिका लागी स्थानिय सात जना मध्य तिर्थराज न्यौपाने सफल भएका थिए । नतिजा प्रकाशन गरेकै राती विद्यालयमा आगजनी भएको हो ।

विद्यालय आगजनी भएपछि महन्वपुर्ण कागजजात जलेर नष्ट भएको  प्रधानाध्यापक लाल बहादुर डाँगीले वताए। विद्यालयमा कसले किन के का लागी आगजनी गरेको हो खुल्न सकेको छैन । उक्त पदको लागि छेडागाड नगरपालिकाको शिक्षा शाखाले परिक्षा लिएको थियो ।

विद्यालयमा आगजनी परिक्षामा असफल भएकाको संलग्नता रहेको आशंका गरिएको छ । विद्यालय आगजनी लगाएत तोडफोडमा संलग्नलाई प्रहरीले पहिचान गर्न नसकेको प्रधानाध्यापक डाँगीले वताए ।

विद्यालयमा अराजक गतिविधि गर्ने समुहलाई पहिचान गरी कानुनी कार्वाहिको दायरामा ल्याउनु पर्नेमा वडा अध्यक्ष राम बहादुर के सीले घटनालाई ढाकछोप गर्न लागेको स्थानियको भनाई छ । विद्यालय जस्तो पवित्र स्थलमा अराजक र अपराधिक गतिविधि गर्ने जो कोहिलाई पनि कडा भन्दा कडा कार्वाही गर्नु पर्ने वडा सदस्य जनक राज शर्माले वताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत