जसपा बैकल्पिक सरकार गठनको विपक्षमा : ठाकुर

कठमाडौं, बैशाख २८ गते । जनता समाजवादी पार्टी नेपाल कुनै पनि बैकल्पिक सकार निर्माणमा नलाग्ने भएको छ । सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले सोमबार राती एक विज्ञप्ति प्रकाशित गरी केपी ओली नेतृत्वका सरकारसँग आफ्नो पार्टीले उठाएका मागका बारेमा वर्ता तथा तदअनुसारका कार्य प्रगति सकारात्मक रुपमा बढेको पनि विज्ञप्तिमा उल्लेख छ ।

साथै अहिले सात्ता प्राप्ति भन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित हुन र त्यसको सम्बोधन नै जसपाको मुख्य ध्येय रहेको उल्लेख गर्दै वैकल्पिक सरकार गठन गर्नु जसपाको उद्देश्य विपरित भएको पनि विज्ञप्ति उल्लेख गरिएको छ ।

 ठाकुरले वर्तमान राजनीतिक परिस्थितीमा सत्ता प्राप्तिको विषयमा आफूहरुको ध्यान नभएको बताउनुभएको छ ।विज्ञप्तिमा अध्यक्ष ठाकुरले अहिले जसपा सरकार गठबन्धनभन्दा पनि पार्टीले अघि सार्दै आएको एजेन्डा र मुद्दा सम्बोधनमै केन्द्रीत रहेको जानकारी दिनुभएको हो ।

उहाँले यी विभिन्न मुद्दाबाट विचलित भई कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य पार्टीको उद्देश्य विपरीत् र मधेश आन्दोलनको मर्म र भावनाको प्रतिकूल रहने ठकर गर्नुभएको छ । यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्इक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाकै राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसहितका नेताले राष्ट्रपतिलाई छिटोभन्दा छिटो नयाँ सरकार गठनका लागि आव्हान गर्नु भएकाे थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा पनि संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधित्व सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई  देशको प्रधानमन्त्रीक पदमा नियुक्ति गरिने प्रयोजनका लागि राष्ट्रपति समक्ष आफ््नो दाबी पेश गर्न आव्हान गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने