February 1, 2020

जसको जीवन पत्रिकाका कारण नर्क बन्यो, ३ वर्षपछि पाउने भए क्षतिपूर्ति

बेलायती समाचार पत्रिका मेल अन सनडेले गलत समाचार छापेका कारण एक व्यक्तिलाई क्षतिपूर्ति स्वरुप झण्डै २ लाख पाउण्ड दिन सहमत भएको छ ।

मेल अन सनडेले गलत समाचार छापेको ३ वर्षपछि क्षतिपूर्ति स्वरुप मिनिक्याबका लागि चालक अनुमति पत्र दिने एक निकायका पूर्व अधिकृतलाई १ लाख ८० हजार पाउण्ड (२ करोड ७१ लाख) दिन सहमत भएको द गार्जियनले जनाएको छ ।

तीन वर्षअघि मेल अन सनडेले पाकिस्तानी मूलका वादिज इकबालले यौन दुराचारीहरूको एक समूहलाई सहयोग गरेको भन्दै समाचार छापेको थियो ।

सन् २०१६ मा  बेलायतको एक अदालतले १० जना ट्याक्सी ड्राइभरविरुद्ध बालिका र किशोरीमाथि यौन दुराचार गरेको अभियोगमा सजाय सुनाएको थियो । सजाय पाउनेमा पाकिस्तानी, बंगलादेशी र अफगान मूलका व्यक्ति थिए । तर इकबाल भने निर्दोष ठहरिएका थिए ।

म्यान्चेस्टर नजिकै रहेको रकडेल शहरमा दर्जनौं बालिकामाथि यौन दुराचार गरेको अभियोगमा ती व्यक्तिलाई सजाय सुनाइएको थियो । अदालतका अनुसार दोषीहरूले बालिका र किशोरीलाई आर्थिक प्रलोभन देखाई, पुरस्कार दिई, र अत्याधिक मादक पदार्थ र लागू औषध खुवाएर अन्य व्यक्तिसँग यौन सम्पर्क गर्न बाध्य गरेका थिए ।

दुई वर्षपछि सन् २०१८ मा १३ वर्षसम्मका किशोरीलाई मादक पदार्थ र लागू औषध खुवाएर यौन क्रियाकलाप गर्न बाध्य पारेको घटनामा दोषी ठहरिएका ३ जना दोषीलाई पाकिस्तान पठाइएको थियो । अदालतले उनीहरूसँग भएको बेलायती नागरिकता खारेज गर्दै पाकिस्तान सुपुर्दगी गरेको थियो ।

बाल यौन दुराचारीविरुद्ध अदालतले गरेको फैसलाको एक वर्षपछि मेल अन सन्डेले मिनीक्याबका लागि चालक अनुमति पत्र वितरण गर्दै आएको एक निकायका कनिष्ठ अधिकृत इकबाल पनि घटनामा जोडिएको भन्दै समाचार छापेको थियो ।

सन् २०१७ मा उक्त पत्रिकाले ट्याक्सी ड्राइभरका लागि यौन दुराचारको वातावरण मिलाउने कार्यमा इकबाल संलग्न रहेको दाबी गर्दै समाचार छापेको थियो ।

तर यौन दुराचारमा दोषी ठहरिएका म्यानचेस्टरस्थित रोकडेलका ट्याक्सी ड्राइभरहरूको समूहको सहयोगी भएको भन्ने समाचारबाट इकबालको जीवन भने तहसनहस बन्न पुगेको छ।

इकबाले मेल अन सनडेमाथि पाकिस्तानी भएकाले उक्त घटनामा आफूलाई जोड्दै समाचार लेखेको आरोप लगाउँदै आएक छन् । समाचारका कारण आफ्नो जीवन बर्बाद भएको, जागिर गुमाउनु परेको र डिप्रेशनको औषधी खान परेको उनले सुनाए ।

घटनामा संलग्न भएको कुनै प्रमाण नभए पनि समाचारकै कारण आफूले अर्को ठाउँमा काम नपाएको इकबालले बताए । ‘मेरो छालाको रंग नै बिक्री गर्ने कुरा बन्यो । यौन दुराचारीसँग जोड्दा मेरो जीवन बर्बाद भएको छ’, उनले गार्जियनसँग भने ।

‘उक्त समाचारपछि मैले आफ्नो जीवन नै जोखिममा परे जस्तो महसुस गरेँ । त्यसैले उग्र मानिसहरू आउन सक्ने डरले घर वरपर सिसिटिभी राखेको छु’, इकबालले आफ्नो पीडा सुनाए ।

‘समाचारकै कारण सामाजिक सञ्जाल चलाउनै छोडे । मेरो छोरा प्रेस्टनमा पढ्थे । छोरालाई तिम्रो बाबु कुकुर हो र यौन दुराचारी गर्ने समूहको सदस्य हो भन्थे’, उनले थपे ।

ढिलै भए पनि मेल अन सनडेले इकबाललाई क्षतिपूर्ति दिन सहमत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने