कोरोना भाइरस (कोभिड–१९)बाट उत्पन्न सङ्कटले निम्त्याएको बन्दाबन्दी (लकडाउन) भए पनि कतिपय जलविद्युत् आयोजनामा धमाधम काम भइरहेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले लेखेका छन् ।
केही भने ठप्प छन् । काम ठप्प भएका आयोजनाले तुरुन्तै काम सुरु नगर्ने हो भने चालू आर्थिक वर्ष्भित्र पूरा गर्ने लक्ष्य राखिएका कतिपय आयोजनालाई कठिन हुने भएको छ ।
चालू आर्थिक वर्षको असार मसान्तभित्र राष्ट्रिय प्रसारण लाइनमा थप एक हजार मेगावाट जोड्ने लक्ष्य राखिएको छ । चालू आर्थिक वर्षको हालसम्म सरकारी तथा निजी क्षेत्रबाट १२२ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भइसके पनि एक हजार मेगावाटको लक्ष्यसम्म पुग्न निकै गाह्रो हुने स्थिति छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले भने, “चालू आर्थिक वर्षको यो अवधिसम्म १२२ मेगावाट प्रसारण लाइनमा जोड्न सकिएको छ । लकडाउनको अवस्थामा प्रभावकारी रूपमा काम गर्न नसकिए पनि अझै थप २५० मेगावाटसम्मका आयोजनालाई सम्पन्न गर्न सकिन्छ भन्ने आशा राखेका छौँ । तर एक हजार मेगावाटको लक्ष्य भेट्टाउन भने नसकिने स्थिति उत्पन्न भयो ।”
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)
बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत
काठमाडौँ, असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार
भदौ २५ ,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण