March 2, 2021

‘जरुरी परे कुनै पनि बेला केन्द्रीय सदस्य हटाउन सक्छु’

‘जुन हातले नाम लेख्यो, त्यही हातले नाम काट्न सक्छ। नियुक्ति दिनेले नियुक्ति खोस्न पनि सक्छ। जरुरी परे कुनै पनि बेला केन्द्रीय सदस्य हटाउन सक्छु,’ उनले भने। एकतापछि बनेका केन्द्रीय सदस्यहरूलाई आफूले मनोनीत गरेकाले उनीहरूलाई हटाउने अधिकार पनि आफूसँग भएको उनको जिकिर थियो।

प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहलाई बहुमत भए आफूले बोलाएको बैठकमा आएर पुष्टि गर्न चुनौती दिए। ‘उहाँहरू बहुमत छ भन्नुहुन्छ तर बहुमत कहाँ पुष्टि भयो रु’ उनले भने, ‘त्यो बहुमत होइन। कार्की बैंकेटमा भोज खान आएका मान्छेलाई गनेर हामीसँग यति मान्छे छन् भनेर बहुमत पुग्छ रु पार्टीले बोलाएको, अध्यक्ष र महासचिवले बोलाएको बैठकमा विधिवत् रूपमा आउनुप¥यो नि १’ उनी दाहाल–नेपाल समूहले दाबी गरेको बहुमत आफैंले दिएको भन्नसमेत पछि परेनन्। ‘उनीहरूले भनिरहेको बहुमत मैले दिएको हुँ, एकताका लागि भनेर दिएको हुँ। महाधिवेशनबाट छानिएर आएको, चुनाव जितेर आएको हो र त्यो रु त्यसैले उनीहरूलाई हटाउने अधिकार पनि मसँग छ।’

प्रधानमन्त्री ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाट हटाउनसमेत चुनौती दिए। उनले विधि, पद्धति र प्रक्रियाबाट नभई आफूलाई प्रधानमन्त्रीको कुर्सीबाट जबर्जस्ती गलहत्याउने प्रयास भइरहेको दाबी गरे।

‘प्रधानमन्त्री हटाउने विधि, पद्धति र प्रक्रिया हुन्छ। उहाँहरू खालि गलहत्याउने कुरा गर्नुहुन्छ। कुन लोकतान्त्रिक अभ्यासमा यस्तो हुन्छ ?’ उनले भने। सक्ने भए कुस्ती खेलेरै आफूलाई हटाउन पनि चुनौती दिए। ‘कुस्ती नै खेल्ने हो र आफू बलियो छु भन्ने लाग्छ भने प्रतिस्पर्धामा आउनुस्, जो जित्छ, त्यही हुन्छ प्रधानमन्त्री।

गलहत्याउने परिपाटी भन्दा त कुस्तीकै नियम ठीक छ।’ उनले कथंकदाचित आफूलाई अपराधै गरेर प्रधानमन्त्रीबाट हटाइहाले भने पनि डेढ वर्षपछि दुई तिहाइ मतसहित सरकारमा आउने विश्वास व्यक्त गरे। त्यतिबेलासम्म आफूहरू प्रतिपक्षमै बस्न तयार रहेको उनको स्पष्टोक्ति थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने